एक व्यक्तिले परालको रंगशाला बनाएर अहिले चर्चाको शिखरमा छन् ।रोमन पोनोमारयोभले ‘तीन साना सुंगुर’नामक एक दन्त्यकथामा आधारित भएर सेन्ट पिटर्सबर्गस्थित नयाँ रंगशालाको एउटा पराले नक्कल उतारेका हुन्। ४ सय ५ थान परालका टौवा थुपारेर रोमनले बनाएको उक्त नक्कली रंगशालामा ३ सय जना बस्न सक्छन्। झन्डा हाल्ने पोल पनि छ। यसले गत सप्ताहन्त केही हेरफेरसहितका नियम लगाएर आफनो पहिलो प्रतियोगिता आयोजना गर्यो। जुन स्थानीय टोलीहरूका लागि थियो। ‘मानिसहरू उत्साहित छन्। विश्वकपअगाडि खेलकुदीय माहोल बन्दैछ,’ उनले हालैको अन्तर्वार्तामा भने। सक्कली सेन्ट पिटर्सबर्ग रंगशाला चाहिँ लागत, भ्रष्टाचार काण्ड, ढिलाइ र कामदारको मुत्युका कारण विवादमा पर्यो। रोमन आफैमा जेनिथ सेन्ट पिटर्सबर्ग क्लबका फ्यान हुन्। उनले नयाँ रंगशालाको नक्कल उतार्नुका कारण हो– निर्माण क्रमका समस्याप्रति भद्र व्यंग्य गर्नु। ‘साँच्चै अनौठो थियो, रंगशालाको लागत र निर्माण समयावधि,’ उनले भने। रसियाली विश्वकपको कुल बजेट करिब ११ खर्ब रुपैयाँ हो। जेनिथले पनि पराले रंगशालाको अक्कललाई रमाइलो पारामा स्वीकार गरेको छ। त्यसबापत उनले रोमनलाई सक्कली रंगशालामै गएर खेल हेर्ने टिकट दिएको छ। रोमन आउने केही साता खेल सञ्चालनमै व्यस्त हुनेछन्। उनको मनमा अर्को योजना पनि छ– ‘पराले विश्वकपको आयोजना।’ एपी

The post परालको रंगशाला बनाएर एक व्यक्ति चर्चामा….!!! हेर्नुहोस अचम्म लग्दो छ appeared first on Daleema News.

No comments:
Post a Comment