पिसावले चार्ज हुनसक्छ स्मार्टफोन ! - KTV Khabar

Breaking

पिसावले चार्ज हुनसक्छ स्मार्टफोन !

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

काठमाडौं- यो सुन्दा पत्यार नलाग्न सक्छ। तर अब पिसावले स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको एक अनुसन्धानले देखाएको छ।
बेलायतका वैज्ञानिकहरु पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेका हुन्। बेलायतका ब्रस्टल रोबफटिक्स ल्यावका वैज्ञानिकहरु यो शोधमा काम गरिरहेका छन्।
यस प्रयोगको लागि वैज्ञानिकहरुले इलेक्ट्रोन- एक्टिव सूक्ष्मजीवले केही सिलिन्डरहरु भरेका थिए। ति जीवहरु पिसाव र फोहोरी पानीमा पाइने गर्छन्। यसपछि ति सुक्ष्मजीवमा इलेक्ट्रोन निर्माण हुने र त्यसलाई विजुली उत्पानमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको भनाई छ।
दुई लिटर पिसावले ३०-४० मिलीवाट विजुली उत्पादन हुन सक्छ। यो विजुलीलाई फोन चार्ज गर्न र बत्ती बाल्न प्रयोग गर्न सकिन्छ।
The post पिसावले चार्ज हुनसक्छ स्मार्टफोन ! appeared first on News Fetch.

No comments:

Post a Comment