बारामा बन्चरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या - KTV Khabar

Breaking

बारामा बन्चरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

बारा, साउन ११ – बारामा मंगलबार राति एक युवकले श्रीमतीको हत्या गरेका छन् । कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको र त्यसकै कारण उन्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले बताउनुभयो । उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ ।

The post बारामा बन्चरोले हानेर श्रीमानले गरे श्रीमतीको हत्या appeared first on News Fetch.

No comments:

Post a Comment