संजय दत्तलाई बाइक मन परेपछि निर्देशकलाई टेन्सन - KTV Khabar

Breaking

संजय दत्तलाई बाइक मन परेपछि निर्देशकलाई टेन्सन

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

मुम्बइ। आउँदै गरेको फिल्म ‘भूमि’को सुटिङका क्रममा संजय दत्तलाई एउटा बाइक मन परेपछि निर्देशकलाई निकै तनाव भएको छ । फिल्मको सुटिङ आगरामा भएको थियो । यही क्रममा संजय दत्तलाई एउटा बाइक निकै मन पर्यो जुन उनले बाटोमा देखेका थिए । यो मोडिफाइड बुलेट बाइक थियो ।

उनलाई त्यो बाइक यतिसम्म मन परेछ कि उनले बाइक मोडिफाइ गर्ने फिरोजको नम्बर खोजेर उनलाई फोन गरेर सुटिङ सेटमै बोलाए । बाइकमा बसेपछि संजयले लगातार सेल्फी लिन थाले । उनी बाइकबाट उठ्नै मानेनन् । संजयले बाइक छोड्नै नमानेपछि घण्टौंसम्म सुटिङ रोकियो जसका कारण निर्देशक ओमंग कुमारलाई पनि हैरान भए । पछि निकै कोसिस गरेर संजयलाई बाइकबाट उठाइयो र सुटिङ सुरु भयो ।

फिरोजका अनुसार यो बाइक निकै स्टाइलिश बनाइएको छ । यसमा ९५ यस्ता फंक्सन छन् जुन अरु बाइकमा पाइँदैनन् । साढे दुई वर्ष लगातार मोडिफाइको काम गरेपछि यो बाइक तयार भएको हो । बाइकमा चुरोट सल्काउनको लागि लाइटर, घडी, टिभी, म्युजिक सिस्टम, १६ सिसा, दुई फ्रेम, डबल साइलेंसर, ५२ लाइट, स्पेशल ह्याण्डल, फुट रेस्ट लगायतका सुविधाहरु जडान गरिएका छन् ।

The post संजय दत्तलाई बाइक मन परेपछि निर्देशकलाई टेन्सन appeared first on Daleema News.

No comments:

Post a Comment