सुनसरी, साउन १३ – लुटपाटमा संलग्न रहेको आरोपमा पाकिस्तानी महिलालाई प्रहरीले पक्राउ गरेको छ । व्यटीपार्लर व्यसाय गर्दै आउनुभएकी रिना खवासको घरमा लुटपाट गरेको आरोपमा प्रहरीले इटहरबिाट शुक्रबार पाकिस्तानी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाकिस्तानको लाहोर घर भएकी २५ वर्षकी नाइला खालिदा छिन् ।
बिहीबार फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटिपार्लरमा नाइला पुगेकी थिइन् । त्यस क्रममा ब्युटिपार्लरमा काम गर्ने रिना खवाससँग चिनजान भयो । रिनालाई साथी बनाएकी खालिदाले खवासको घरमा सुन तथा पैसा लुटेर हिँडेकी थिइन् ।आफू अस्वस्थ्य रहेको भन्दै घर लैजान आग्रह गरेको कारण लगेको र राति ११ बजे चिया खाने भन्दै लट्याउने औषधि खुवाएर भागेको खवासले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । नाइलाले ३ वटा सामसुङ कम्पनीको मोबाइल, २ तोला सुन, २३ तोला चाँदी र ६ हजार नगद लिएर भागेको खवासले बताउनुभयो ।
पाकिस्तानी महिलाले दिनभरी आफ्नो समस्या देखाएपछि आफूसँगै घर लगेको खवासले प्रहरी समक्ष बताउनुभएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले पाकिस्तानी महिलालाई शुक्रबार बिहान ३ वजे पक्राउ गरिएको बताउनुभयो । चोरीको घटनाबारे अनुसन्धान भइरहेको छ । नाइला १५ दिनको भिजिट भिसामा नेपाल आएको देखिएको डीएसपी सुवेदीले बताउनुभयो ।sabhar ujaaylo onlin

The post नेपालमा लुट्पाट गर्न पाकिस्तान देखी , इटहरीमा यसरी लुटिन् नेपाली महिलालाई appeared first on Daleema News.

No comments:
Post a Comment