एजेन्सी – भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ । जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ ।
यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो । यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो ।
सन् १९८३ मा अमेरिकामा भएको मूत्ररोग विशेषज्ञहरूको जमघटमा डा. गिलेस विन्डलेले आफ्नै यौनांगा फेन्टोलेमाइन नामक सुई लगाई स्टेजमा आए र सबैको सामु पाइन्ट फुकालेर औषधिले पनि यौनांगलाई उत्तेजनामा ल्याउन सकिन्छ भन्ने कुरा प्रमाणित गरी देखाइदिए ।
सन् १९८० को मध्यताका यौन दुर्बलताका रोगीले भटाभट आफ्नो यौनांगमा सुई हान्दै अस्थायी तवरले आफ्नो पुरुषत्व फर्काउने गर्थे । तर, सन् १९९८ देखि मुखबाट खान मिल्ने गरी ट्याब्लेटको आकारमा विकसित भियग्राले त्यत्तिकै प्रभावकारी काम गरेर धेरै सजिलो बनाइदियो । र, फेन्टोलेमाइनले तुरुन्तै र अनियन्त्रित रूपमा यौन उत्तेजना ल्याउँथ्यो भने भियग्राको असर कुनै व्यक्तिले यौनेच्छा प्रकट गरेपछि मात्र देखिन्थ्यो ।
दुई दशकअघिदेखि यौन उत्तेजनासम्बन्धी समस्या भएकालाई लक्ष्य गरी फाइजर कम्पनीले बजारमा ल्याएको भियग्राको सेवनले पुरुष यौनांगको रक्तप्रवाहमा अदलीबदली गरी अपेक्षित मोटोपना ल्याउँछ ।
भियग्राले यौनेच्छा, यौन क्षमता, यौनांगको आकार बढ्ने धारणाका कारण पछिल्ला वर्षमा अधबैँसेमाझ यो औषधि लोकप्रिय हुँदै आएको छ ।
लामो समयसम्मको विमानयात्रापछि हुने जेट ल्यागबाट छुट्कारा पाउन भियग्राले मद्दत गर्छ भन्ने तथ्य पत्ता लगाएका कारण सन् २००७ मा अर्जेन्टिनी टोलीले हवाई क्षेत्रको नोबेल पुरस्कार पाए ।
भियग्राको सेवनले मांसपेशीमा रगत प्रवाह बढाउँछ भन्ने गाँठी कुरा थाहा पाएर एथलेट (खेलाडी)ले पनि आफ्नो प्रदर्शन उकास्न भियग्राको सेवन गर्ने गरेका छन् । फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भियग्राको प्रयोग भइरहेको छ ।
मधुमेह एवं उदासीबाट ग्रस्त बिरामीमा रोग वा त्यसका लागि प्रयोग गरिने औषधिका कारणले पनि उत्पन्न हुने यौन दुर्बलतालाई निराकरण गर्न यसको उपयोग भइरहेको छ ।
यौन दुर्बलता भएकाले यौन सम्पर्क कार्यको आधादेखि चार घण्टाअगाडि बढीमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भियग्रा सेवन गर्न मिल्छ । एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर देखिन थाल्छ ।
धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने, कतिपयले सबै कुरा नीलो देख्नेजस्ता साइड इफेक्ट हुन्छन् । बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्कघात हुने, एक्कासि कान नसुन्ने हुन्छ ।
उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियग्रा खानु हुँदैन । यस्तो अवस्थामा भियग्राले नकारात्मक असर बढाउँछ ।
मुटुको औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले भियग्रा सेवन गर्नै हुँदैन।

The post कति बढाउँछ भियग्राले यौन शक्ति ? हेर्नुहोस् यसका फाइदा र बेफाइदा appeared first on Daleema News.
No comments:
Post a Comment