;
तनहुँ – तनहुँको सेती नदी किनारमा एक युवतीको शव फेला परेको छ ।
रिसिङ गाउँपालिका वडा नम्बर १ हुकुसेस्थित नदी किनारामा पानीमा आधा डुवेको अवस्थामा शव भेटिएको हो ।
स्थानीयले नदी छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी २२ बर्षकी देखिने ती युवतीको नाम, थर र बतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक बिजयराज पण्डितले बताए ।
युवतीको शव हेर्दा मङ्गोलियन अनुहारको देखिएको छ ।
शव भने सनाखतको लागि दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रातोपाटीबाट
The post सेती नदी किनारमा युवतीको शव फेला appeared first on News Fetch.
No comments:
Post a Comment