चीनले एकाएक तिब्बत क्षेत्रमा किन उतार्यो यति धेरै सैनिक ? अब भारत चौतर्फी निशानामा - KTV Khabar

Breaking

चीनले एकाएक तिब्बत क्षेत्रमा किन उतार्यो यति धेरै सैनिक ? अब भारत चौतर्फी निशानामा

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

काठमाडौं, ११ साउन । चीनको रक्षा मन्त्रालयले आफ्नो सार्वभौमसत्ता कुनै पनि मूल्यमा रक्षा गर्ने भन्दै भारतीय सीमासँगै रहेको तिब्बत क्षेत्रमा धेरै सेना खटाउने बताएको छ ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ताले सोमबार भने, “दुवै पक्षद्वारा स्वीकार गरिएको सिमानामा भारतले चौकी पार गरेर जानु चिनियाँ क्षेत्रको उल्लंघन हो नै, यो अन्तर्राष्ट्रिय नियमको उल्लंघन पनि हो ।”

चीनको रक्षा मन्त्रालयले भनेको छ, भारत उसको स्थिति प्रबल हुनेछ भन्ने गलत बुझाइमा नबसे हुन्छ।

साथै चिनियाँ जनमुक्ति सेनाको पछिल्लो ९० वर्षको इतिहासले ऊ चीनको सार्वभौमसत्ता र क्षेत्रको रक्षा गर्न प्रतिबद्ध छ भनेर पुष्टि गरिसकेको पनि मन्त्रालयले जनाएको छ।

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार त्यस क्षेत्रमा चिनियाँ सेनाले आपत्कालिन उपाय अपनाएको छ र स्थितिलाई मध्यनजर गर्दै सैनिकको संख्या पनि बढाउन लागिएको छ।

उनले भने, “चिनियाँ सेनालाई हल्लाउन पहाड हल्लाए भन्दा पनि कठिन छ”। यद्पि उनले विवादित क्षेत्रमा रहेका चिनियाँ सेना र उनीहरुको प्रशिक्षणबारे धेरै जानकारी दिएनन्।

दुई देशबीच विवाद गत महिना भारतको सिक्किम राज्यको सीमा नजिक रहेको भुटानको दोक्लाम क्षेत्रबाट शुरु भएको थियो। चिनियाँ सेना त्यहाँ सडक निर्माण गर्न चाहन्छ।

यो सडक निर्माण भयो भने यसबाट चीनलाई सामरिक फाइदा हुन्छ भन्ने भारतले आशंका गरेको छ।

अजित डोभालको भ्रमणलाई किन महत्व दिइरहेको छैन् चीन ?

ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सका राष्ट्रिय सुरक्षा सल्लाहाकारहरुको बैठक यही साता चीनमा हुँदैछ । त्यो बैठकमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले भारतको प्रतिनिधित्व गर्नेछन् ।

जुलाई २७ र २८ मा हुन लागेको सो सम्मेलनमा डोभालले आफ्ना चिनियाँ समकक्षीलाई छुट्टै भेट्न सक्नेछन्। चीनले गत जुन २७ मा दोक्लाममा आफूले गरिरहेको सडक निर्माणमा भारतीय सेनाले अवरोध पुर्याएको आरोप लगाएको थियो ।

यसैबीच चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले डोभालको प्रस्तावित चीन भ्रमणबारे सम्पादकीय लेखेको छ।

सम्पादकीयमा लेखिएको छ, “भारतले आफ्नो भ्रम छोडिदिनु पर्छ। अजीत डोभालको चीन भ्रमण दुबै देशबीच भइरहेको विवादलाई भारतको इच्छा बमोजिम समाधान गर्नका लागि यो सही मौका होइन”।

“ब्रिक्स राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहाकारहरुको बैठक एक नियमित सम्मेलन मात्रै हो जसको उद्देश्य ब्रिक्स सम्मेलनको तयारी गर्ने हो। यो मञ्च चीन-भारत सीमा बारेको विवाद सुल्झाउनका लागि होइन।”

भारतीय मिडियाले डोभालको भ्रमणको सिलसिलामा यो विवादको समाधान पनि निस्कनेछ भनी आशा गरिरहेको पनि अखबारले जनाएको छ।

सीमा विवादबारे चिनियाँ धारणालाई दोहोर्याउँदै सम्पादकीयमा भनिएको छ, “चीन उसको इलाकाबाट भारतीय सेनालाई हटाएपछि मात्र दुई देशबीच कुने सार्थक कुराकानी हुन सक्ने विषयमा अडिग छ”।

अखबारमा अगाडि लेखिएको छ, “सीमा विवादबारे डोभालले यदि लेनदेनको कोशिश गरे भने उनी निराश हुनेछन्। यस मुद्दाको विषयमा उसले लिएको अडानबारे चीन सरकारले सबै चिनियाँ जनताको समर्थन पाएको छ। चिनियाँ जनता हामी हाम्रो जमिनको एक इन्च पनि छोड्दैनौ भन्ने विषयमा अडिग छन् ।” – बीबीसीबाट

The post चीनले एकाएक तिब्बत क्षेत्रमा किन उतार्यो यति धेरै सैनिक ? अब भारत चौतर्फी निशानामा appeared first on Daleema News.

No comments:

Post a Comment