सीमा क्षेत्रको भारतीय भूमिमा नेपाली महिलाको शंकास्पद मृत्यु - KTV Khabar

Breaking

सीमा क्षेत्रको भारतीय भूमिमा नेपाली महिलाको शंकास्पद मृत्यु

;

भद्रपुर, ४ साउन । झापाको भद्रपुर नाकासँग जोडिएको भारतको गलगलियामा एक नेपाली महिला मृत अवस्थामा फेला परेकाी छन् ।
झापा भद्रपुर नगरपालिका ९ बस्ने ३८ बर्षिया यमुना नेपाल मृत अवस्थामा बुधवार विहान फेला परेकाी गलगलिया प्रहरीले जनाएको छ ।
उनको शव भारतको किशनगञ्ज जिल्ला स्थित गलगलिया बस पार्क नजिकैको चिया बगानमा फेला परेको गलगलिया थानाध्यक्ष अरविद कुमारले जानकार दिए । मृतक महिलाको साथबाट पर्स फेला परेको र पर्स भित्र रहेको नेपाली नागरिकता, मोवाईलको आधारमा परिचय खुलेपछि भारतीय प्रहरीले नेपालका प्रहरीलाई खबर गरेको हो ।
भारती प्रहरीको सूचनाका आधारमा उनका श्रीमान् तोयानाथ नेपालसहित आफन्तन गलगलिया पुगेका थिए । उनका श्रीमान् नेपालका अनुसार भद्रपुर ९ स्थित जीवन ज्योति प्राविमा कर्मचारीको रूपमा काम गर्दै आएकी यमुना मगलबार विहान ११ बजे चन्द्रगढी जान्छु भनेर घरबाट हिडेकी थिइन् । राति घर नर्फेकिएपछि उनको खोजी भईरहेको थियो ।
यता भारतीय प्रहरीका अनुसार शौचालय गर्न गएकी उनको बगानमा हार्ट अटैक भएर मुत्यु भएको हुनसक्ने अनुमान गरेको छ । शवको नजिकै पानीको वोतल समेत फेला परेको प्रहरीको भनाई छ । उनको शवलाई पोष्टमार्टमका लागि किशनगञ्ज पठाएको प्रहरीले जनाएको छ । सजीलो खबरबाट

The post सीमा क्षेत्रको भारतीय भूमिमा नेपाली महिलाको शंकास्पद मृत्यु appeared first on News Fetch.

No comments:

Post a Comment