अग्लो हिल लगाएर हिड्दै हुनुहुन्छ ? होस गर्नुहोस यस्ता रोग लग्न सक्छ ! - KTV Khabar

Breaking

अग्लो हिल लगाएर हिड्दै हुनुहुन्छ ? होस गर्नुहोस यस्ता रोग लग्न सक्छ !

;

हाई हिल लगाएर हिड्दै हुनुन्छ? होस गर्नुहोस कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पर्न सक्छ । अहिले फेसनकै रुपमा महिलाका बीच चलेको हाई हिलमा हिड्दा र स्मार्ट त देखिए पनि यसले स्वास्थ्यमा ठुलो असर पार्ने पाइएको छ । हाई हिलको प्रभावले चाल र शरीरको सन्तुलन बिग्रने एक अध्यन ले देखाएको छ ।

आजभोलि बच्चैदेखि हाई हिल लगाउने फेसन सुरु भएको भए पनि बच्चा अबस्थामा लगाइएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ । सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ।

लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ । हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर बर्सेनि सयौं युवती अस्पतालसमेत जानु परेको छ । एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने (हेमरटोज) देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ।

अनुुसन्धानअनुसार दशमध्ये एक महिलाले सातामा तीन दिन हाई हिल जुत्ता लगाउछन्। यीमध्ये एक तिहाई लामो हिलका कारण लड्ने वा दुर्घटनामा पर्छन् । हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ। यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ ।
प्रतिक्रिया दिनुहोस

The post अग्लो हिल लगाएर हिड्दै हुनुहुन्छ ? होस गर्नुहोस यस्ता रोग लग्न सक्छ ! appeared first on Daleema News.

No comments:

Post a Comment