फिल्ममा आउँदै अमिताभ बच्चनकी नातिनी, मोडलिङ गर्दा यस्ती देखिइन् - KTV Khabar

Breaking

फिल्ममा आउँदै अमिताभ बच्चनकी नातिनी, मोडलिङ गर्दा यस्ती देखिइन्

;

 

मुम्बइ। सुपरस्टार अमिताभ बच्चनकी नातिनी फिल्ममा आउने तयारीमा छिन् । यसको तयारीस्वरुप उनी अहिले मोडलिङमा आएकी छिन् । बुधबार मुम्बइमा भएको एक अवार्ड कार्यक्रममा उनी डिजाइनर मोनिशा जयसिंहको डिजाइनमा बनेको नीलो गाउनमा देखिइन् ।
अवार्ड कार्यक्रममा नव्या नवेलीसँगै उनकी आमा श्वेता बच्चन र हजुरआमा जया बच्चन पनि स्टाइलिस ड्रेसमा देखिए । सोहँ कार्यक्रममा उनकी माइजु ऐश्वर्या राय बच्चन र हजुरबुवा अमिताभ बच्चन पनि पुगेका थिए । तर, धेरैको नजर नव्यामाथि नै अल्झिरहेको थियो । बुधबार उनीहरु भोग ब्युटी अवार्ड कार्यक्रममा सहभागी हुन आएका थिए ।
यो कार्यक्रममा नव्या, उनकी आमा श्वेता र हजुरआमा जया विशेष अतिथिको रुपमा आएका थिए । भोगको अगष्ट एडिसनको कभरमा पनि यी तीनजना नै देखिनेछन् । भोग फेसन म्यागजिन हो । कार्यक्रममा शाहिद कपुर र पत्नी मिरा राजपुत, करिष्मा कपुर, सनी लियोनी, दिशा पटानी, ननिषा मुखर्जी, अदिती राव हैदरी, रिया चक्रवर्ती, सैयामी खेर, सूरज पंचोली, अक्षय कुमार लगायतका सेलिब्रेटी पनि पुगेका थिए ।


(डिसी नेपाल)

No comments:

Post a Comment