;
बैतडी, साउन २९ । लगातारको बर्षाले सडक भासिँदा महाकाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ ।
गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत ठुलसैनमा माथिबाट पहिरो खसेर सडक भाँसिदा यातायात अबरुद्ध भएको प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।
अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सडक सुचारु हुन अझै एक/दुई दिन लाग्ने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुलालगायत स्थानमा जाने सवारी साधन अलपत्र परेका छन् ।
Source: IMAGEKHABAR

No comments:
Post a Comment