राहत लिएर धुर्मुस र सुन्तली मधेश झर्दै - KTV Khabar

Breaking

राहत लिएर धुर्मुस र सुन्तली मधेश झर्दै

;

बर्दिबास: हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाढी पीडितका लागि रातह लिएर महोत्तरीको बर्दिवास झर्दैछन्। लगातारको मुसलधारे बर्षाले तराई डुवानमा परेपछि राहत लिएर आफूहरु आइतबार बर्दिवास जान लागेको धुर्मुस-सुन्तलीले बताएका छन्

‘मुसलधारे बर्षासँगैको भेलले बर्दिवाससहितका मधेशका बस्तीमा उध्धुम मच्चाएको खबरले हामी मर्माहत भएका छौं’ अन्नपूर्णसंग सीताराम कट्टेलले भने-, ‘यो दुःख र आपद्का बेला केही राहत सामग्रीसाथ तराई झर्न लागेका हौं।’ आफ्नो राहत सामग्रीमा खाद्यान्न, टेण्ट, भाँडाकुँडा, औषधी र केही तयारी खानेकुरा रहने धुर्मुस-सुन्तलीले बताएका छन्।

अविरल बर्षासंगै मधेसका बस्तीहरु कटान र डुबानमा परेपछि यहाँका नागरिकहरु अलपत्र परेका छन्। बाढी पीडितलाई बचाउन सबैले एक भएर जुट्नुपर्ने आवश्यकता रहेको धुर्मुसले बताए। ‘मानवता र सद्भावका लागि सहकार्य गरी प्राकृतिक विपद्संग सामना गर्न सबै नेपाली एक जुट हुनु पर्छ,’ उनले भने।
यस अघि धुर्मुस सुन्तली आवद्ध धुर्मुस-सुन्तली फाउण्डेसनले भूकम्प पीडितको लागि काभ्रेको पहरी बस्ती, सिन्धुपालचोकको गिरान्चौर बस्ती र मुहसरका लागि महोत्तरीको बर्दिबासमा एकिकृत नमुना बस्ती बनाइसकेका छन्।
from”annpurn.com

No comments:

Post a Comment