;
पछिल्लो समयमा प्रविधीको विकाश यति विघ्न भएको छ कि अनौठा अनौठा आविस्कार चलिरहेका छन् ।
यसै क्रममा एउटा अमेरिकन कम्पनीले यस्तो ऐनाको आविस्कार गरेको छ जुन ऐनाले तपाइँको मुस्कान भएको तस्विर समेत खिच्न सक्छ ।
त्यतिमात्र होइन यही ऐनाबाटै तपाइँले उक्त फोटो फेसबुक वा ट्वीटरमा समेत शेयर गर्ने सक्नु हुन्छ ।

यो ऐनाको आविस्कार अमेरिकाको सिसा कम्पनी आइसट्रेटेजी ल्याबले गरेको हो ।
यो ऐनाको दुई तर्फ सिसा छ र यसभित्र स्माइल डिटेक्टर प्रविधि समेत जोडिएको छ ।
ऐनाले २ सेकण्डमा मुस्कान क्याप्चर गर्छ ।

खासगरी सेल्फी भनिने आफ्नो तस्विर आफै खिच्ने चलन बढ्दै जाँदा यो ऐनाको महत्व निक्कै बढेको कम्पनीको भनाइ छ ।


अहिले सम्म यो ऐना बजारमा उपलब्ध नभएपनि अव विस्तारै ब्यवसायिक प्रयोजनका लागि पनि उत्पादन शुरु गर्ने कम्पनीको योजना छ ।
नेपाली हेडलाइन्स

No comments:
Post a Comment