इन्काउन्टरमा मारिने खत्री डिएसपीकै भान्जा, यस्तो खुल्यो रहस्य - KTV Khabar

Breaking

इन्काउन्टरमा मारिने खत्री डिएसपीकै भान्जा, यस्तो खुल्यो रहस्य

;

 

सोमबार दिउँसो ललितपुरको कुसुन्तीमा एक जना व्यक्ति इन्काउन्टरमा मारिए भन्ने खबर आएपछि लागेको थियो- प्रहरीले कुनै कुख्यात डनलाई मारेछ। घैँटे इन्काउन्टरपछि प्रहरीले त्यसरी डनलाई सिध्याएको छैन।
पछि कुरा बुझ्दै जाँदा पो थाहा भयो, मारिएका मान्छे डन हैन ट्यापे (दुर्व्यसनी) पो रैछ। उनी बहालवाला डिएसपी अवदेश विष्टका भान्जा रहेछन्। अर्का डिएसपी अजय केसीको नेतृत्वको टोली उनलाई खासमा अवैध हतियार राखेको थाहा पाएपछि त्यो नियन्त्रणमा लिन र कारबाही गर्न गएको थियो। तर आत्तिएका र शायद् लागू औषधकै प्रभावले हो कि आफैले आफूलाई गोली हानेछन्।
आफैलाई गोली हानेको भन्ने चाहिँ प्रहरीले बताएको कुरा हो। प्रहरीमाथि नै गोली हान्दै भाग्न खोजेका प्रवीण खत्रीले पछि आफ्नै कन्चटमा गोली हानेका रहेछन्।
यी लागू औषध दुर्व्यसनीले परिवारलाई पनि एकदमै सताएका रहेछन्। कति पटक सुधार केन्द्रमा पनि राखिसकेका। एक पटक त लागू औषध खान नपाएकोले धाराको टुटी खाइदिएका रहेछन्। पेटको अपरेसनै गर्नुपरेको रहेछ त्यतिबेला।
लागू औषध आफै खाने खत्री पछि कारोबारसमेत गर्न थालेका रहेछन्। लागू औषधी मात्र हैन हतियार पनि रहेको थाहा पाएपछि प्रहरी ललितपुरको कुसन्ती १३ स्थित अरुणिमा बस्तीमा पुगेको थियो। प्रहरीले चारैतिरबाट घेरा हाली घरभित्र छिर्न लाग्दै गर्दा उनले आफूलाई प्रहरीले घेरा हालेको सुइँको पाए।
प्रहरीले आफूलाई पक्राउ गर्ने भएपछि उनले दुई हातमा चाइनिज पेस्तोल बोकेर साढे २ तले घरबाट प्रहरीलाई गोली चलाउदै हाम्फाले। उनले गोली चलाएपछि आत्मरक्षाको लागि प्रहरीले पनि गोली चलायो। प्रहरीको गोली घुँडामुन्तिर लाग्यो। उनी आफैले टाउकोमा गोली हाने।
खासमा प्रहरीले पक्रेको भए लागू औषध र हतियार राखेको अभियोगमा कारबाही मात्रै चलाउँथ्यो। इन्काउन्टर गर्नुपर्ने नै थिएन। तर अर्कै हुनु लेखेको रहेछ।

मेरो संसारबाट

No comments:

Post a Comment