त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा, सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा । - KTV Khabar

Breaking

त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा, सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

;

प्रदेशमा काम गर्ने युवा हरुलाई लक्षित गरि रञ्जना न्यौपाने ज्युले कान्तिपुरमा लेख्नु भएको कविताले मन छोएर आयो त्यसैले सेयर नगरी बस्न सकेन !

त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

नेपाली हरु प्रदेशमा काम गर्छन त्यो पनि आजभोलीको चर्को गर्मि मौसममा न चिसो पानि पाईन्छ, त्यसैमा घरको आफ्नै पिडा प्रदेश जाउँ भनेर साहु बाट लिएको ऋण सम्झिदा त प्रदेशमै मरिन्छ कि झैं लागेर आउँछ !

त्यो मरुभूमिमा घाँटी धेरै सुक्छ आमा सम्झिएर साहुको ॠण मुटु धेरै दुख्छ आमा ।

कमाएर दुई चार पैसा परिवार खुशी पार्न, कल्पिएर तिनै दिन पीडाहरु लुक्छ आमा ।

निद्रा छैन भोक छैन, कामैकाममा बेरिएछु, हेर्छु यो देशको हालत अनि शिर झुक्छ आमा ।

लाखौं युवा पिल्सिएछन् यो खाडी मुलुकमा, गाउँघरको याद आउँदा यो मन त्यतै रुक्छ आमा ।

के छ र यो जिन्दगी आखिर खरानी हुनु छ, बाँचुन्जेल हाँसी-खुशी बाँच्न पाए पुग्छ आमा ।

कान्तिपुर बाट रञ्जना न्यौपाने ज्युले लेख्नु भएको गजल

No comments:

Post a Comment