भर्खर जन्मेको शिशु गर्भवती भएको भेटिएपछि.. - KTV Khabar

Breaking

भर्खर जन्मेको शिशु गर्भवती भएको भेटिएपछि..

;

मुम्बइ। भारतको मुम्बइमा एउटा आश्चर्यजनक घटना भएको छ । यहाँ एक नवजात शिशुको जन्म भएको छ जो पहिल्यै गर्भवती थियो । अनौठो लाग्ने यो कुरा मेडिकल इतिहासमा पनि निकै नौलो भएको डाक्टरहरुले बताएका छन् ।

यहाँ १९ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । जन्मिएको केही दिनपछि डाक्टरहरुले ती नवजात शिशुको जाँच गर्दै गर्दा उनीभित्र अर्को शिशुको भ्रुण भेट्टाएका हुन् । खासमा त्यो भ्रुण उनको जुम्ल्याहा भाइको थियो । जो उनीसँगै विकसित हुनुपर्नेमा उनको पेटभित्र पुगेको थियो । शिशुको उपचारमा संलग्न डाक्टर भावना थोराटका अनुसार नियमित स्क्यान गर्दा यो भ्रुण देखिएको थियो ।

बच्चाको पेटभित्र भ्रुण देखिएपछि डाक्टरहरुले अपरेशन गरेर उक्त भ्रुण निकालिदिएका छन् । अहिले आमा र बच्चा दुवै स्वस्थ रहेको बताइएको छ । बच्चाको पेटभित्र ७ सेन्टिमिटरको भ्रुण पाइएको थियो । महिलाको नाम खुलाइएको छैन । यस्तो घटना मुम्बइको बिलाल अस्पतालमा भएको हो । रेडियोलोजिस्ट डा. भावना थोराटले बच्चा पेटभित्रै हुँदा आमाको जाँच गर्दा नै शंका भएकोले बच्चा जन्मिएपछि उसको स्क्यान गरेर पुष्टि गरिएको बताएकी छिन्

No comments:

Post a Comment