संसारले चमत्कार देख्यो जब उनी २५ वर्षपछि डरलाग्दो गुफाबाट बाहिर निस्किए (भिडियोसहित) - KTV Khabar

Breaking

संसारले चमत्कार देख्यो जब उनी २५ वर्षपछि डरलाग्दो गुफाबाट बाहिर निस्किए (भिडियोसहित)

;

एजेन्सी। एक कलाकारले २५ वर्षअघि आफैंलाई मरुभूमिको बीचमा भएको डरलाग्दो गुफामा बन्द गरे । जब उनी बाहिर निस्किए उनले सारा संसारलाई चमत्कार देखाइदिए । यी कलाकारको नाम ‘र पोलेट’ हो । उनी गुफाभित्रको २५ वर्षको गुप्तबास सकेर बाहिर निस्किएपछि अन्तर्राष्ट्रिय सेलिब्रेटी बनेका हुन् । २५ वर्षसम्म उनले गुफाभित्र आफ्ना केही आवश्यक औजार र आफ्नो कुकुरलाई मात्र आफूसँग राखेका थिए ।

नर्थ न्यू मेक्सिकोको अनकन्टार मरुभूमिमा पोलेटले २५ वर्षसम्म आफूलाई बन्द गरेका थिए । पोलेटलाई कलाकृति सँग अगाध प्रेम छ । उनी वर्षौं अघि न्यू मेक्सिकोमा मरुभूमि घुम्न गएका थिए । त्यतिबेलै उनले यो गुफा देखे । उनले गुफाभित्र जाने फैसला गरे । गुफा देख्नासाथ उनको दिमागमा एउटा सोचाइ आयो । त्यसपछिका २५ वर्ष उनले आफ्नो दिमागमा आएको सोचलाई मूर्त रुप दिने काममा खर्च गरे ।

जब पोलेट गुफाबाट बाहिर निस्किए र अरु मान्छेहरु गुफाभित्र गए त्यसपछि उनीहरु त्यहाँको दृश्य देखेर चकित भए । डरलाग्दो गुफालाई पोलेटले कलाको बेजोड नमूना बनाइदिएका थिए । भित्र भित्ताहरुमा कुँदिएका कलाकृतिले गुफालाई निकै सुन्दर बनाएको छ । पोलेटको यो चमत्कारी कामको लागि उनको जीवनको विषयमा डकुमेन्ट्री फिल्म बनायएको छ । यो फिल्मको नाम ‘केभ डिगर’ हो । अहिले यो गुफा उत्कृष्ट पर्यटकीय गन्तव्य बनिसकेको छ ।
भिडियो हेर्नुहोस् –

No comments:

Post a Comment