बुबालाई कलेजो दिएर बचाउने छोरीलाई १ लाख सहयोग - KTV Khabar

Breaking

बुबालाई कलेजो दिएर बचाउने छोरीलाई १ लाख सहयोग

;

 

श्रावण २०,काठमाडौँ। बुबालाई कलेजो प्रत्यारोपण गर्न कलेजो दिएकी छोरी सरिता महर्जनको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। मर्हजन परिवारलाई थाई नेपाली एसोसिएनसका अध्यक्ष कुमार कार्कीले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।
थाइल्यान्ड बस्दै आएका कार्कीले नेपाली रेस्लर हिमालय टाइगर मार्फत् उक्त रकम महर्जनको परिवारलाई शुक्रबार हस्तान्तरण गरेका हुन्। हिमालय टाइगरले रकम हस्तान्तरण गर्दै बुबालाई कलेज दिएर बचाएकी सरिताले आमालाई मिर्गौला समस्या भएपछि आर्थिक अभाव रहेको कुरा सञ्चार माध्यममा सार्वजनिक गरेपछि कार्कीले सहयोग पठाएको बताए।
एनआरएन थाइल्यान्ड, आइसिसी लगायत संस्थामा सल्लाहाकार रहेका कार्की बर्मामा जन्मिएका हुन्। उनले नेपाल आफ्नो पितापुर्खाको जन्मथलो भएकाले यहाँका पीडितलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने बताएको हिमालय टाइगरले जानकारी दिएका थिए।

स्वास्थ्य खबरपत्रिका

No comments:

Post a Comment