कक्षा १२ मा विज्ञानतर्फ बाट नेपाल टपर : दुबैको समान नतिजा - KTV Khabar

Breaking

कक्षा १२ मा विज्ञानतर्फ बाट नेपाल टपर : दुबैको समान नतिजा

;

 

काठमाडौं,साउन २० – कक्षा १२ को आज सार्वजनिक विज्ञान संकायको परीक्षाफलमा सिसीआरसी कलेजको शैलजारत्न पाण्डे र सेन्टजेभियर्स कलेको निराकर सापकोटा नेपाल टपर भएका छन् ।
पाण्डे र सापकोटाले समान ८९ दशमलब ६ प्रतिशत ( 89.06) नजिता ल्याउन सफल भएका छन् । शुक्रवार साँझसम्म यसभन्दा धेरै प्रतिशत ल्याउनमा कसैको दाबी नपरेकोले उनिहरु नै उत्कृष्ठ नतिजा ल्याउनेमा परेका छन् ।


राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान प्रकाशित परीक्षाफल अनुसार ७९.४४ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । कुल ४४ हजार ८ सय ९७ परीक्षार्थी मध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तिर्ण भएका छन् । जसमा नियमित तर्फ ३५ हजार ६ सय ६८ विद्यार्थीमध्ये २९ हजार ९ सय ५२ ९ ७३.७७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका हुन् ।


यस्तै आंशिकतर्फ ९ हजार ८ सय ४९ परीक्षर्थीमध्ये ४ हजार १ सय ३७ ९ ४३.५९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गरिएको परीक्षा बोर्डले जनाएको छ ।

रिसेन्ट नेपाल

No comments:

Post a Comment