दुई बर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’ को सिक्वेल चलचित्र ‘प्रेम गीत २’ ले सोचे अनुरुपको ब्यापार गरिरहेको छ । दोश्रो सातामा आउँदा पनि चलचित्र हेर्ने दर्शकमा कमी नआएपछि चलचित्र निर्माण पक्ष उत्साहित बनेको छ । पहिलो सातामा नै लगानी सुरक्षित गरेको चलचित्रले दोश्रो सातमा नाफाको ब्यापार गरिरहेको छ ।
यस्तैक्रममा गत शुक्रबार कलाकार तथा राजनितीकर्मी कोमल ओलीले चलचित्र हेरकी छिन् । चलचित्र हेरिसकेकपछि मिडियामा आफ्नो प्रतिक्रिया दिदैँ कलाकार ओलीले निर्माता सन्तोष सेनलाई हिरो नबन्न आग्रह गरेकी छिन् । चलचित्रमा निर्माता सन्तोष सेनले गरेको भिलेनको भुमिकाबाट प्रभावित भएर निर्माता सेनलाई हिरो नबनी भिलेन बन्नको लागि सुझाब दिएकी हुन् ।
कलाकार कोमल ओलीले भनिन्, ‘सन्तोषलाई फिल्म निर्माता मात्र नभएर भिलनेको रोल पनि एकदमै सुट गर्छ । त्यसैले म आउँदा फिल्महरुमा सन्तोष सेनलाई भिलेन बन्नको लागि आग्रह गर्छु । हिरो बन्ने कोसिस नगर्नु किनकी भिलेनको भुमिका नै तिम्रो लागि सुहाउँछ ।’ प्रतिक्रिया सुनिरहँदा छेउमै रहेका निर्माता सन्तोष सेन मुस्कुराईरहेका थिए ।
कर्णाली न्यूज

No comments:
Post a Comment