दक्षिण कोरियामा कार्यस्थल दुर्घटनामा परी एक नेपाली युवाको ज्यान गएको छ । गुल्मी वाग्ला–७, अज्मिरका अन्दाजी ३१ वर्षिय विष्णु घिमिरेको कार्यस्थल दुर्घटनामा ज्यान गएको हो । जिन्जुस्थित कुखुराको अण्डा प्रशोधन गर्ने मेशिन बिग्रिएपछि चिगेछा (गहै सामान उचाल्न र सार्न प्रयोग गरिने गाडि)को सहायताले त्यसलाई बनाउन खोज्दा फिता चुँडिएर मृतक घिमिरेको टाउकोमा जोडले लागेको थियो । चुडिँएको फिताले जोडले लागेपछि उनि भुईमा ढल्न पुगेका थिए ।
भुईमा ढलेका मृतक घिमिरलेलाई उपचारका लागि जिन्जुस्थित स्थानिय अस्पतालमा पु¥याएपनि उनलाई बचाउन अस्पतालले सकेन् । अस्पतालले केहि समय पछि मृत घोषित गरेको उनका सहकर्मीले बताएका छन् । मृतक घिमिरे इपिएस मार्फत २२ महिना अघि कामका लागि कोरिया आइपुगेको र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेको बताइएको छ ।
यसैबीच सउलस्थित नेपाली दुतावासले पनि घटनाका बारेमा कोरियन प्रहरीले फ्याक्स मार्फत रिपोर्ट पठाएर जानकारी गराएको बताएको छ । घटनाका बारेमा घर परिवारलाई हिजो शनिवार नै जानकारी गराइएको गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका गान्धिव सुवेदीले जनाएका छन् भने घटनास्थल तर्फ मृतक घिमिरेका नजिकका आफन्त तथा सहकर्मी इश्वरी घिमिरे पुगेका छन् भने दुतावासका अधिकारी पनि भोली त्यस तर्फ पुगेर विस्तृत जानकारी लिने तयारीमा रहेको बुझिएको छ । कृषि क्षेत्र अन्र्तगत अण्डा प्रशोधन गर्ने उक्त कम्पनीमा अन्य तीन नेपाली कार्यरत रहेका छन् ।

No comments:
Post a Comment