कालिकोट- घरमाथिबाट ठूलो ढुंगा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन्। सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा घरभन्दा ठूलो ढंगा खसेपछि तीन बालबालिका पुरिएका हुन्।
आइतबार राति भीरबाट खसेको ढुंगा स्थानीय बुँदे सार्कीको घरमा खस्दा उनका २ छोरी र एक छोरा पुरिएका हुन्। ढुंगाले थिचिएका १३ वर्षीया ललिता, ९ वर्षीय लंक र ५ वर्षीया कल्पना ढुंगाभित्रै पुरिएका आफन्तले बताएका छन्।
ढुंगाले च्याप्दा बुँदे सार्की उनकी श्रीमती बेलु सार्की र छिमेकी सर्मिला सार्कीसहित सात जना घाइते भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। गम्भीर घाइते बुँदे, बेलु र शर्मिलालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। ढुंगाले थिचिएका तीन बालबालिकाको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
दलित वस्ती नै जोखिममा ढुंगा खसेका दलित वस्ती नै उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष शाहीले बताएका छन्। उक्त जोखिममा रहेको वस्ती नै अन्यत्र सार्नुपर्ने अध्यक्ष शाहीले बताए। वस्ती सार्नका लागि जिल्ला प्रशासनसँग खबर गरिएको बताइएको छ।

The post घरभन्दा ठूलो ढुंगा खस्दा ३ बच्चा पुरिए. ७ जना घाइते appeared first on Daleema News.
No comments:
Post a Comment