;
भदौ ८, काठमाडौं । नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य स्थिर छ ।
आज पनि सुन प्रतितोला ५५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य हिजो मात्रै तोलामा एक सय रुपैयाँले घटेको थियो ।
सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
No comments:
Post a Comment