नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो-चाइना) बीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बेइजिङमा भएको सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ चीनबाट नेपाल ल्याउने उल्लेख छ । स्रोतका अनुसार प्राविधिक विषयमा छलफल जारी छ ।
नेपालको नियमित रुपमा आफ्नो देशको आवश्यकताको एक तिहाइ मात्र चीनबाट आपूर्ति गर्ने प्रतिवद्धता जनाएको छ । छलफलमा नेपालले चीनबाट लिने तेलको मूल्य भारतबाट ल्याउने तेलको आसपास हुनु पर्ने बताएको छ ।
चिनियाँ पक्षले मूल्य अन्तराष्ट्रिय बजार नै गर्ने तर, ट्रान्पोटेसनमा हेर्न संकेत दिएको एक अधिकारीले बताएका छन् । स्रोतले भन्यो-चीनसँग धेरै राम्रो कुराकानी भएको छ । कतिपय विषय आयल नियम र पेट्रो चाइनाबीच नेगोसिएसन हुन बाँकी छ ।’
No comments:
Post a Comment