सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ | संसारका हरेक ब्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन | हिन्दु मान्याता अनुसार हरेक सपनाको एक बिशेष फल अवश्य प्राप्त हुन्छ | सपनाले भविष्यमा हुने राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ | तर हामी ति संकेतलाई बुझ्न सक्दैनौ | प्राचिन धर्मग्रन्थ बाल्मिकी, रामायण, अग्निपुरान आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको बर्णन भेटिन्छ |
सपनाको संसार ज्यादै नै रोचक हुन्छ | पहिला पहिला यो सपना पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोली मनोविज्ञान, चिकित्साबिज्ञान आदिको अनुसन्धानको बिषय बनिसकेको छ | यस्तै, कोहि सपना र यसबाट अनुमान लगाउन सकिने फलको बारेमा यहाँ जानकारी दिईएको छ |
कुन सपना देख्दा कस्तो फल मिल्छ ??
आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
आफ्नै हात काटेको देख्नु – कुनै नजिकको प्रियजन वा आफन्तको मृत्यु
उजाड बगैचा देख्नु – दु:ख पाउनु
मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउनु
दुब्लो भैसी देख्नु – अन्न महँगो हुनु
बाख्रा देख्नु – शत्रुको डर
राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
पहाड हल्लिएको देख्नु – बिरामी हुने सम्भावना
पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
बेडमा सुतेको देख्नु – गौरब तथा प्रतिष्ठा पाउनु
थुक देख्नु – समस्यामा पर्नु
हरुयालीपूर्ण जंगल देख्नु – खुशियाली आउनु
आफुलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
ठुल्ठुला पहाडहरुबाट हामफाल्नु – आफ्नो उचाई बढ्नु
सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासंग झगडा हुनु
स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
दन्दनी बलेको आगो देख्नु – झगडा हुनु
लडाइमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
आफ्नै दात भाँचिएको देख्नु – समस्या बढ्दै जानु
धोका खुल्ला देख्नु – कुनै व्यक्तिसंग मित्रता हुनु
बन्द ढोका देख्नु – धन नाश हुनु
धुँवा देख्नु – व्यापारमा हानि हुनु
भूकम्प आएको देख्नु – सन्तानलाई दु:ख कष्ट हुनु
चश्मा लगाएको देख्नु – ज्ञान बढ्नु
बत्ति बालेको देख्नु – नया अवसर प्राप्त हुनु
मासु देख्नु – आकस्मिक धन लाभ हुनु
रगत देख्नु – कसैले डाहा गरेको साबित हुनु
पुजापाठ गरेको देख्नु – समस्याको अन्त्य हुनु
फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा हुनु
सेतो बिरालो देख्नु – धन नाश हुनु
समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिको योग
गोबर देख्नु – पशु व्यापारमा लाभ हुनु
उजाड जंगल देख्नु – समस्या बढ्नु
मरेको मानिस देख्नु – रोगबाट मुक्त हुनु
गरगहना देख्नु – कार्यपूर्ण हुनु
जुवा खेलेको देख्नु – व्यापारमा लाभ हुनु
पैसा अरुसंग लिएको देख्नु – ग्रह दशा चल्नु
पैसा उधारोमा दिनु – अत्याधिक धन प्राप्त हुनु
चील देख्नु – शत्रुबाट नोक्सान हुनु
चाँदी देख्नु – धन प्राप्त हुनु
कैची देख्नु – घरमा झैँ झगडा हुनु
खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
काग देख्नु – कसैको मृत्युको समाचार आउनु
कुकुर देख्नु – पुरानो साथीसंग भेट हुनु
नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
सेतो फूल देख्नु – कुनै समस्याबाट छुटकारा मिल्नु
रातो फूल देख्नु – भाग्य चम्कनु
घोडा देख्नु – संकट हट्नु
मोती देख्नु – छोरी पाउने योग
गाडेको धन देख्नु – अचानक धन लाभ हुनु
झरना देख्नु – दु:खको अन्त्य हुनु
छेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
कुवामा पानी देख्नु – धनलाभ हुनु
सुन्दर स्त्री देख्नु – प्रेममा सफलता मिल्नु
खुकुरी देख्नु – संकटबाट मुक्ति मिल्नु
चन्दन देख्नु – शुभ समाचार आउनु
नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
नुन देख्नु – स्वास्थ्यमा लाभ हुनु
सुकेको घास देख्नु – जीवनमा समस्या आउनु
रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
स्वर्ग देख्नु – भौतिक सुखमा बृद्दी हुनु
सुर्य देख्नु – बिशेष व्यक्तिसंग भेट हुने योग
तिर्खा लाग्नु – लोभ बढ्नु
हुन त सपनाको कुरामा बिस्वास गरेर फल मिल्छ भन्नु सोह्रै आना गल्ति हुनेछ | कर्म गर्नुहोस अनि दाम, नाम पाउनुहोस् | यो एउटा सम्भावानात्मक कुरा मात्र हो | तपाइको सपना शयमा एक मिल्न सक्छ त्यसैको भर नपर्नुहोस |
No comments:
Post a Comment