यसरी बचाए चेपिएका भाईलाई, दुई वर्षिय बालकको बहादुरी - KTV Khabar

Breaking

यसरी बचाए चेपिएका भाईलाई, दुई वर्षिय बालकको बहादुरी

;

एक दुई वषिर्य वालकले असाधारण बहादुरीका साथ आफ्ना जुम्ल्याहा भाईको ज्यान बचाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा दराजले किचिएका बालक पिडाले चिच्याइरहेका देखिन्छन् । कोठामा अरु कोही नभएको अवस्थामा उनका जुम्ल्याहा दाजु भाईलाई बचाउने प्रयासमा लाग्छन् । उनी सुरुमा उपाय खोज्दै दराज वरिपरी घुम्छन् । दराजलाई उठाउने प्रयास गर्छन् तर सक्दैनन् । तर उनले भएभरको जोर लगाउँछन् । अन्ततः दराज सर्न थाल्छ । चेपिएर छट्पटाइरहेका बालक मुक्त हुन्छन् ।

बालकहरुका पिता रिकी सोफले सिसिटीभीमा कैद भएको भिडियो फुटेज गत १ जनवरीका दिन फेसबुकमा राखेका हुन् । उनले लेखेका छन्, म यसलाई पोस्ट गर्न हिच्किचाइरहेको थिएँ । तर सचेतनाका लागि मात्र नभएर यो आफैंमा असाधारण भएकोले पोष्ट गर्नु उचित सम्झेँ । दुई दाजुभाईबीच रहेको आत्मिय सम्वन्धका लागि हामी अनुग्रहित छौं । तपाई पनि आफ्नो घरका फर्निचरहरु राम्ररी भित्तामा सेट भएका छन् भन्ने निश्चित गर्नुहोस ।

भिडियोमा थुप्रैले आफ्ना धारणाहरु राखेका छन् । एक जनाले लेखेका छन्, यो भगवानको चमत्कार हो, अन्यथा यति सानो बालकले यस्तो काम गर्नैसक्दैन ।

अर्काले लेखेका छन्, ‘बालक कतिबेरदेखि दराजले चेपिएका थिए भन्ने कसैलाई थाहा छैन । बाबुआमा कहाँ थिए ? उनीहरुले छोरा चिच्याइरहेको किन सुनेनन् ?

एजेन्सी

No comments:

Post a Comment