कालीगण्डकीमा फेरि अर्की महिलाले हाम फालिन्, तर सकुशलै उद्धार - KTV Khabar

Breaking

कालीगण्डकीमा फेरि अर्की महिलाले हाम फालिन्, तर सकुशलै उद्धार

;

साउन १९,पर्वत । आत्महत्या गर्न हाम फालेकी एक बेवारिसे महिलालाई सकुशल उद्धार गरेको ३ दिन नबित्दै म्याग्दीस्थित कालीगण्डकी नदीमा हाम फाल्ने अर्की एक महिलाको उद्धार गरिएको छ। बुधबार साँझ कालीगण्डकी नदीमा हाम फालेकी उनलाई स्थानीयले एक व्यक्तिले बचाएका हुन्।
म्याग्दीको काफलडाँडा घर भई वारी बेनी बस्ने ३२ वर्षीया तारा गर्बुजालाई बेनी नगरपालिका– ८ कालिपुलको पुरानो बजारबाट पर्वत मल्लाज जाने झोलुङ्गे पुलको नजिकैबाट आत्महत्या गर्न लागेको अवस्थामा स्थानीय मनोज गौचनले बचाएका हुन्।
‘पटक–पटक हाम फाल्ने प्रयास गरेको याद गरिरहेको थिएँ’, स्थानीय कालिपुल यूनाइटेड क्लबका कार्यसमिति सदस्य रहेका गौचनले भने, ‘म नदीको नजिकै भएकाले उनले हाम फाल्नासाथ बाहिर निकाल्न सकेँ।’ गौचनका अनुसार ती महिला खोलामा हाम फाल्न डराइरहेको अवस्थामा थिइन्।
‘धेरै पटक यताउता गरिन्। धेरै पटक प्रयास गरिन्’, गौचनले भने, उनको भाग्यले म त्यहीँ नै भएकोले मर्न पाइनन्।’ ती महिलालाई नदीबाट बाहिर निकाले लगत्तै प्रहरीले आफन्तको जिम्मा लगाएको छ। उनले किन आत्महत्याको प्रयास गरिन् भन्ने खुलेको छैन।
यसअघि गत सोमबार पनि म्याग्दी र कालिगण्डकीको दोभानमा धरान घर भएकीअन्दाजी ४२ वर्षीया एक महिलालाई युवाहरूले आत्महत्या गर्नबट जोगाएका थिए।
म्याग्दीमा वार्षिक औसत २५ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ।कमजोर आर्थिक अवस्था, पारिवारिक तनाव, आर्थिक हिनामिना, वैदेशिक रोजगारबाट उब्जेका समस्या लगायतका कारणबाट पीडामा परेकाहरूले आत्महत्या रोज्ने गरेको प्रहरीले बतायो।

थाहाखबरको सहयोगमा

No comments:

Post a Comment