रोल्पाबाट युएई पुगेका उदिराम भन्छन : मयुरले उडाएर नौ देश पुर्‍यायाे - KTV Khabar

Breaking

रोल्पाबाट युएई पुगेका उदिराम भन्छन : मयुरले उडाएर नौ देश पुर्‍यायाे

;

युएई , भदौ १० – ‘मयुरले उडाएर नौ देश पुर्‍यायाे । लेखेको हुने रैछ देखेको नहुने, युएईमा भएको एक कार्यक्रममा मयुर बनेर नाचेका रोल्पाका उदीराम खड्काले भन्नुभयो । गुल्मी सेवा समाज युएईले आयोजना गरेको कार्यक्रममा उदीराम मयुर बनेर मयुर झै छमछम नाच्दा उपस्थित सात सय भन्दा धेरै दर्शक पनि उहाँसँगै नाचे ।

उदीराम यसरी मयुर बनेर नाच्न नौ वटा देश पुगिसक्नुभयो । उहाँ दोस्रो पटक युएई आउनुभएको हो । तर मयुर नाच चाहिँ युएईमा यो पहिलो पटक हो । १९ वर्षदेखि सांगितीक क्षेत्रमा क्रियाशिल उदिराम पहिले पढाउनुहुन्थ्यो । उहाँ रोल्पाको जलजलामा रहेको जलजला इङ्लिश बोर्डिङ स्कुलमा भाईस प्रिन्सिपल हुनुहुन्थ्यो ।

तर द्वन्दकालमा स्कुल बन्द भएपछि उहाँले पेशा परिवर्तन गर्नुभयो । अहिले उहाँलाई यही मयुर नाँचले चिनाएको छ । उदीरामलाई मयुर बन्न झण्डै १० मिनेट लाग्छ । उहाँ त्यसका लागि कसैको सहयोग लिनुहुन्न ।

‘कुप्री परेर नाच्न गाह्रो छ कहिले त स्टेज मै ढलिन्छ पनि’ उदीरामले नाच्दाको अनुभव सुनाउनु भयो । नाच्दा कठिन भएपनि उहाँको जीवन यसैको कमाईले चलेको छ । मयुर बनेर नाचे वापत उहाँले लिने पारिश्रमिक काठमाण्डौं र काठमाडौं बाहिर बेग्लै छ । तर पारिश्रमिक भन्न चाहिँ चाहनुहुन्न् । उदिरामको प्रस्तुती भिडियोमा हेर्नुहोस्

No comments:

Post a Comment