हराएको १४ घण्टापछि भेटियाे बालककाे सव, घटना रहस्यमय - KTV Khabar

Breaking

हराएको १४ घण्टापछि भेटियाे बालककाे सव, घटना रहस्यमय

;

कलैया । हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।

घटना रहस्यमय भएको हुँदा अनुसन्धान भइरहेको साहले बताउनुभयो ।

हत्या हो कि आफै पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ । शव कलैया अस्पतालमा राखिएको छ । रासस

No comments:

Post a Comment