१० वर्षे बालक र १८ वर्षे युवतीबीचको ‘हनिमुन’ - KTV Khabar

Breaking

१० वर्षे बालक र १८ वर्षे युवतीबीचको ‘हनिमुन’

;

 

हालै भारतीय टीभी च्यानल सोनी टीभीमा शुरु भएको एक नयाँ धारावाहिक ‘पहरेदार पियाकी’को विषयबस्तुले निकै चर्चा बटुलेको छ।
जसमा एक १० वर्षीय बालकको संरक्षण १८ वर्षीय युवतीले गर्छिन्। केही असहज परिस्थितिको कारण उनीहरुबीच विवाह हुन्छ। यही कथाको कारण अहिले यो सिरीयल निकै चर्चामा छ।
यो सिरियलको केही दिन अगाडी यी दुइविच विवाहको पहिलो दिन हुने ‘सुहागरात’ को दृश्य शुटिङ भएको थियो। १० वर्षीय बालक र १८ वर्षे युवतीबीच सुहागरातको दृश्य खिचिएको खबरप्रति सबैले आलोचना गरेका छन्।
दर्शकले यो खबर सुन्नासाथ निकै आक्रोशित भएर सिरियल नै बन्द गर्नुपर्ने माग राखेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
मिडियो रिर्पोटका अनुसार अब उनीहरुको हनिमुन दृश्यको शुटिङ गर्ने तयारी भएको छ। जसकारण अनलाईन, मिडिया र सामाजिक सञ्जालमा दर्शहरुले सिरियलको यस्तो कथाप्रति आक्रोश पोखेका छन्।

सेतोपाटीबाट

No comments:

Post a Comment