फिल्म ‘बाहुबली’ र यसको सिक्वेल ‘बाहुबली २’ले रेकर्डको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखे - KTV Khabar

Breaking

फिल्म ‘बाहुबली’ र यसको सिक्वेल ‘बाहुबली २’ले रेकर्डको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखे

;

 


१ सय ९५ देशमा फैलियो बाहुबली

 

मुम्बई। बक्स अफिसमा सबै रेकर्डलाई धरासयी बनाएको फिल्म ‘बाहुबली’ र यसको सिक्वेल ‘बाहुबली २’ले रेकर्डको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखिसकेको छ । रिलिजको सय दिन बढी बित्दा पनि कमाईको गति अझै घटेको छैन । हालै मात्र फिल्मको स्ट्रिमिङ राइट्स नेटफ्लिक्सले करिब २५ करोडमा किनेको छ ।
यो सम्झौता बाहुबलीको दुवै भागको लागि भएको छ । नेट फ्लिक्सले आफुहरुले बनाइरहेको लाइब्रेरीमा दर्शक लोभ्याउने किसिमले बनाइएका मनोरञ्जक र ओरिजिनल कन्सेप्टमा बनेका फिल्म र शोलाई राखिँदैछ । नेटफ्क्सिले लिएपछि विश्वको १ सय ९५ देशमा नेट फ्लिक्स मार्फत एकसाथ बाहुबली हेर्न सकिनेछ ।
बाहुबलीका निर्माता शोभु यारलगड्डाले आफ्नो फिल्म नेट फ्लिक्समार्फत १ सय ९५ देशमा पुगेको पुष्टि गरे । यो भन्दा अघि नेट फ्लिक्सले आमिर खानको फिल्म ‘दंगल’को ७५ करोडमा स्ट्रिमिङ राइट्स खरिद गरेको थियो ।

(एजेन्सी)

No comments:

Post a Comment