चितवन, साउन २९ – अविरल वर्षासँगै आएको बाढीले सौराहा क्षेत्र डुबे पछि हात्तीको प्रयोग गरी पर्यटकको उद्धार गरिएको छ । सौराहा नजिकै रहेको राप्ती नदी बढेर सौराहा डुवाउँदा ६ सय भन्दा धेरै पर्यटक सौराहामा थुनिएका थिए । ४ वटा हात्ती र ४ वटा डुगामार्फत पर्यटकको उद्धार गरिएको छ ।
सौराहाबाट रत्ननगर प्रवेश गर्ने चित्रसारी क्षेत्रमा जलमग्न भएका कारण पर्यटकको उद्धारमा समस्या भएको थियो । सौराहामा ६ सय भन्दा धेरै पर्यटक रहेको जानकारी दिँदै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले यातायातमा सहज नभएपछि हात्ती र डुगांको प्रयोग गरी उद्धार गरेको बताउनुभएको छ । ४ वटा हात्ती र ४ वटा डुगामार्फत पर्यटकलाई सौराहाबाट रत्ननगरको चित्रसारी पार गराइएको थियो ।
शनिबार साँझबाट राप्ती किनारका पब रेस्टुरेन्टहरु हुँदै होटलहरु पानीले डुवानमा परेको अध्यक्ष घिमिरेले बताउनुभयो । सौराहामा रहेका १ सय १० होटलमा अधिकांशमा पानी पसेको जानकारी दिदै अध्यक्ष घिमिरेले सौराहा ६ सय पर्यटक रहेकाले सुरक्षित स्थानमा राखिएको र पछि उद्धार गरिएको बताउनुभयो । वि स २०५९ साल यता सवैभन्दा ठूलो डुवान भएको उहाँले बताउनुभयो । होटल परिसरमा राखिएका सवारी साधान समेत डुवेका छन् ।
अविरल वर्षापछि खोलामा पानीको बढेको र जमिनमा पानीको सतह बढेका कारण चितवनको धेरै क्षेत्र डुवानमा परेको छ । वाढीका कारण दुई जनाको मृत्यु भएको छ । नारायाणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढि गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी , पर्सा भण्डारा र रत्ननगर लगाएतका क्षेत्रमा डुबान भएको छ ।
राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदि तटीय क्षेत्र डुबानमा परेको छ । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नारायणी, राप्ती, रिउ लगायतका नदीहरु बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।
चितवनमा अविरल वर्षाको कारण चितवनमा दुई जनाको मृत्यु भएको छ । सयौ घर डुवानमा परेका छन् । नारयणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
![]()
No comments:
Post a Comment