सचिन र रेखा ‘बेईमान’ सांसद, तलव खाएर पनि बैठकमा गएनन् - KTV Khabar

Breaking

सचिन र रेखा ‘बेईमान’ सांसद, तलव खाएर पनि बैठकमा गएनन्

;

 

नयाँदिल्ली– सचिन तेन्दुलकर र रेखा आफ्नो कार्यक्षेत्रमा मास्टर मानिन्छन् । तर राज्यसभामा उपस्थितिको हिसावमा यी दुई सेलीबे्रटी कमजोर सावित भएका छन् । राज्यसभामा उनीहरुको उपस्थिति अहिलेसम्मकै कम देखिएको छ ।
क्रिकेटका ‘भगवान’ मानिने सचिन र अभिनयको क्षेत्रमा ख्याती कमाएकी रेखालाई भारत सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा भारतको माथिल्लो सदन राज्यसभामा मनोनित गरिएको थियो ।
तर पछिल्लो पाँच वर्षको अवधिमा उनीहरु एकदमै न्यून मात्रामा राज्यसभाका बैठकहरुमा सहभागी भएका छन् । तर दुवै जनाले राज्यसभाको सदस्यका हैसितमा पाइने सबै तलब तथा सुविधाहरु लिएका छन् ।
भारतीय पत्रिका पञ्जाव केसरीको समाचार अनुसार यी दुईजना सेलीब्रेटीले राज्यसभाको बैठकमा उपस्थित भएका बेला पनि एकदम कम मात्रै प्रश्नहरु उठाएका छन् ।
यो मामलामा सचिनभन्दा पनि अभिनेत्री रेखा अझ कमजोर देखिएकी छन् । जसकारण अब उनीहरुलाई दोस्रो कार्यकालका लागि मनोनित गरिने संभावना एकदमै कम रहेको जनाइएको छ ।
यी दुई जनालाई सन् २०१२ अप्रिलमा राज्यसभाको सदस्यमा मनोनित गरिएको छ । अब उनीहरुको कार्यकाल आगामी वर्षको अप्रिल महिनामा सकिने छ । भारतको संविधानअनुसार राष्ट्रपतिले १२ जना चर्चित तथा ख्यातीप्राप्त व्यक्तिलाई राज्यसभामा मनोनित गर्छन् । जसमा कलाकार, खेलाडी, साहित्यकार तथा अन्य क्षेत्रमा ख्याती कमाएका व्यक्ति पर्छन् ।
वर्तमान राज्यसभामा सचिन र रेखाको अलवा मनोनित सदस्यमा अनु आगा, सन्भाजी छत्रपति, स्वप्न दास गुप्ता, रूपा गांगुली, नरेन्द्र जाधव, एम.सी. मेरीकोम, के. पारासरन, गोपी सुरेश, सुब्रह्मण्यम स्वामी र के.टी.एस. तुलसी छन् ।

राज्यसभामा यस्तो छ सचिनको रिपोर्ट कार्ड
ससदमा उपस्थितिः ६.६१ प्रतिशत
संसदमा उठाइएका प्रश्नको संख्याः २३
५ वर्षमा सेवासुविधा वापत प्राप्त रकमः २५ करोड (भारु)
हरेक वर्ष प्राप्त हुने सेवासुविधाः ५ करोड (भारु)
विकासका लागि सरकारबाट माग गरिएको रकमः २१.९ करोड (भारु)
सरकारले दिएको रकमः १७.६५ करोड

रेखाको रिपोर्ट कार्ड
संसदमा उपस्थितिः ५.१७ प्रतिशत
संसदमा उठाइएका प्रश्नको संख्याः ०
५ वर्षमा सेवासुविधा वापत प्राप्त रकमः २५ करोड (भारु)
हरेक वर्ष प्राप्त हुने सेवासुविधाः ५ करोड (भारु)
विकासका लागि सरकारबाट माग गरिएको रकमः ९.२८ करोड (भारु)
सरकारले दिएको रकमः ७.६ करोड

No comments:

Post a Comment