;
एजेन्सी । पछिल्लो समय कलाकारले आत्महत्या गरेका समाचार निकै सार्वजनिक भएका छन्। हालै एक मोडलले पतिसँग भिडियो च्याट गर्दागर्दै झुण्डिएर आत्महत्या गरेकी छन्।
बंगलादेशकी ती मोडलले पतिसँग भिडियो च्याट गर्दा गर्दै अचानक उनले आत्महत्याको कदम उठाएकी हुन्। रिसीला बिन्ते नाम गरेकी ती मोडल एक बच्चाकी आमा पनि उनी हुन्। रिसियाले २०१२ देखि फेशन शो बाट मोडलिङको यात्रा सुरु गरेकी थिइन्। उनको केही दिनदेखि पतिसँग विवाद हुँदै आएको थियो त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनका नजिकै रहेका व्यक्तिले उनलाई बचाउने प्रयास गरेका थिए। तर उनको प्रयासले सफल हुन सकेन्। सोमबार दिउँसो २ बजे अस्पतालले उनलाई मृत्युको घोषणा गरेको थियो।

No comments:
Post a Comment