काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लाग्यो, दुबै खुट्टा जलेर लामा घाइते - KTV Khabar

Breaking

काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लाग्यो, दुबै खुट्टा जलेर लामा घाइते

;

काठमाडौं । लाजिम्पाटस्थित सडक किनारमा हिँडिरहेका एक पैदलयात्री बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहान उत्तरढोका सडकमा हिँडिरहेको बेला करेन्ट लागेर रामेछापको बेथान-३ घर भएका २९ वर्षीय राजु लामा घाइते भएका हुन् । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।
सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा करेन्ट सट भएर झिल्का उठेको र त्यसैबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।

काठमाडौंका सडक किनारका पोलहरुमा जथाभावि टाँगिएका तारमा सट हुने र आगो लाग्ने घटनाहरु सामान्य जस्तै भएका छन् । तर, सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । केही दिन अघि नयाँबानेश्वर, अनामनगर लगायतका क्षेत्रमा पनि पोलहरुमा करेन्ट सट भएर आगो लागेको थियो ।
करेन्ट चुहावट हुनसक्ने भएकाले बिजुलीका खम्बा वा पोलहरुमा छुनु हुँदैन ।
उदयपुरमा करेन्ट लागेर कर्मचारी घाइते

यसैबीच उदयपुरको त्रियुगा नगरपालिका ९ मा पनि मंगलबार ११ हजार भोल्टको करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारी गम्भीर घाइते भएका छन् ।

ट्रान्समिटरमा चढेर लाइन काट्ने क्रममा त्रियुगा ३ का ३९ वर्षीय डोमी चौधरी घाइते भएका हुन् । शरिरका विभिन्न भागमा डढेर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

No comments:

Post a Comment