पुनर्वास नगरपालिका -९ का ३० बर्षिय सुरज सार्कीको हत्या भएको छ । शव आज विहान पुनर्वास ९ को खड्डा जाने सडकको छेउमा भएको खाल्डोमा मृत अवस्थामा भेटिएको थियो ।
शवमा ठुलो कुनै चोटपटक नभेटिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताए । शव घोप्टो अवस्थामा फेला परेको छ भने मुखबाट रगत आएको प्रहरीले जनाएको छ ।
शवको नजिकै एउटा बाँसको लौरो भेटिएकाले सो लौरो हत्यामा प्रयोग भएको हुनसक्ने प्रहरी निरीक्षक टमाटाले बताए । टाउकोमा लौरो प्रहार भएको जस्तो देखिएता पनि चोट पुरानो हो या नयाँ भन्ने बारे पोष्टमार्टम पछी मात्र थाहा हुने प्रहरीले बताएको छ ।
शवलाई पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल लैजान लागिएको प्रहरीले बताएको छ ।

फोटो: लाल बहादुर एसके
त्यस्तै, दुई साता अधि मात्र पुनर्वास वडा न. ११ सिद्धदेवी मन्दिरमा माताको रुपमा बस्दै आएकी बर्ष ७९ कि धर्मा मल्लको हत्या भएको थियो । विहान पूजा गर्न जाँदा एक स्थानीयले मृतकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यामा धारिलो हतियार प्रयोग गरिएको थियो । सोको अहिलेसम्म अनुसन्धान टुंगिएको छैन भने प्रहरीले घटना भएको २ साता हुँदा सम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।
कञ्चनपुरमा एक महिना देखि शृङ्खलाबद्धरुपमा हत्या भई रहेको छ । गत साता महेन्द्रनगरमा सशस्त्र प्रहरी जवान नरेन्द्रबहादुर कुँवरको हत्या भएको थियो । साउन २१ गते भीमदत्त नगरपालिका–९ मटैनाकी १० वर्षिय बालिका शितल विष्टको हत्या भएको थियो । साउन २८ गते महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा बस्ने विद्यार्थी डम्बर बहादुर जाग्रीको शव घाँटी रेटेको अवस्थामा भेटिएको थियो । स्रोत : कर्णाली न्यूज
No comments:
Post a Comment