एजेन्सी । पछिल्लो दिन बलिउड सेलिब्रिटी विभिन्न स्थानमा भेटिए । बिपाशा बसु श्रीमान् करण सिंह ग्रोवरसँग रकी हाउस बाहिर भेटिइन् । यतिबेला बिपाशाले मेकअप गरेकी थिइनन् । उनी कारमा बस्ने बित्तिकै मिडियाले फोटोग्राफरले उनको फोटो खिच्न सुरु गरिहाले । उनले क्यामराबाट आफ्नो मेकअप नगरेको अनुहार लुकाउने पूरा कोसिस गरिन् । सुरुमा उनले हातले आफ्नो अनुहार ढाकिन् त्यसपछि मोबाइलले लुकाइन् ।
श्रीदेवीकी छोरी जान्ह्वी कपूर बेस्टिन रेष्टुरेन्टबाहिर देखिइन् । उनी पर्पल रङको क्रप टप र ब्लू जिन्समा थिइन् । यस्तै गरि, शाहिद कपूरका भाइ इशान खट्टर पनि बान्द्रामा देखिए ।
जिम बाहिर भेटिइन् करिनाः
करिना कपूरलाई जिम र करिष्मा कपूरलाई एक पसल बाहिर भेटियो । सचिन जोशी, श्रमती उर्वशी शर्मासँग बान्द्रामा देखिए । ट्वींकल खन्ना जुहुमा भेटिइन् । त्यस्तै उनका छोरा आरव कुमार जुहूको एक पिविआरबाहिर भेटिए । क्यामरा देखेर उनले मुख लुकाए ।
आमिर खान आफ्ना भान्जा इमरान खानको घर बाहिर देखिए । मुन्ना माइकलकी नायिका निधि अग्रवाल किचन गार्डनमा भेटिइन् । यसैगरी प्रतिक बब्बर एक महिलासँग बान्द्रामा भेटिए ।











रातोपाटीको सहयोगमा
No comments:
Post a Comment