सेन्सरबोर्डको कैँचीबाट बच्न सकेन अक्षय कुमारको ‘टोइलेटः एक प्रेमकथा’ - KTV Khabar

Breaking

सेन्सरबोर्डको कैँचीबाट बच्न सकेन अक्षय कुमारको ‘टोइलेटः एक प्रेमकथा’

;

 

काठमाडौं । ११ अगस्टमा रिलिज हुने अक्षय कुमारको चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ ले पनि आफूलाई सेन्सर बोर्डबाट बचाउन सकेन । यो चलचित्र भारतीय प्रधानमन्त्री मोदीको स्वच्छता अभियानसँग जोडिएको छ । चलचित्रले भारतमा टोइलेटको महत्वलाई उजागर गरेको छ । तर स्वच्छ भारत अभियानसँग जोडिएको फिल्मलाई पनि केन्द्रीय प्रमाणन बोर्ड (सीबीएफसी) ले नकाटी अनुमती दिन सकेन । चलचित्रलाई सेन्सर बोर्डले यूए सर्टिफिकेट दिएको छ । तर चलचित्रका ८ वाक्यमा कैँची चलाएको छ । यी सिनमा अक्षय कुमारका केही डाइलग छन् ।
डीएनएको रिपोर्ट अनुसार सीबीएफसीले एक सीनमा अक्षयले आफ्नी अनस्क्रिन श्रीमतीसँग भन्छन्, “तिमीले मलाई तीन पटक उठायौ, म कुनै साँढे हुँ र ?” (अनुदित) त्यस्तै अर्को सिनमा चलचित्रको एउटा पात्रले भन्छ, “उनी आफ्नो कानमा जनै राखेर शौचालय जान्छन्”
सेन्सर बोर्डको भनाइ अनुसार जनैजस्तो पवित्र वस्तुलाई चलचित्रसँग जोड्ने कुनै कारण छैन । यसका साथै चलचित्रबाट ‘हरामी’ शब्द हटाइएको छ ।
चलचित्रको प्रमोशनका लागि अक्षय कुमार भारतका सानासाना शहरमा घुमेर खुला दिसापिसाब नगर्न भनिरहेका छन् । चलचित्रलाई श्रीनारायण सिंहले निर्देशन गरेका छन् ।

बाह्रखरीबाट

No comments:

Post a Comment