भदौ पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने तयारी - KTV Khabar

Breaking

भदौ पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने तयारी

;

काठमाडौं। सरकारले १० दिन भित्र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १ गते भित्र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले अव १० दिन भित्रै प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए। भदौ १ गते भित्र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री सहमत भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए।

त्यस अवसरमा निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाका लागि निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सक्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो।

निर्वाचन आयोगले आगामी मंसीर पहिलो हप्ता भित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनेगरी सरकार समक्ष कार्ययोजनानै पेश गरेको छ। आगामी माघ ७ गतेभित्र आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व छ । सोही दायित्व पूरा गर्न पनि आयोगले सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गर्दै आएको छ ।

No comments:

Post a Comment