;
काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ। अन्दाजी २२/२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ। रासस

No comments:
Post a Comment