तिन करोड नेपाली जनता खुसि कुलमानले गरे फेरी अर्को चमत्कार, जुन अहिले सम्म कसैले गर्न सकेका थिएनन् - KTV Khabar

Breaking

तिन करोड नेपाली जनता खुसि कुलमानले गरे फेरी अर्को चमत्कार, जुन अहिले सम्म कसैले गर्न सकेका थिएनन्

;

काठमाडौं, १ भदौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी एक वर्षमै १५ अर्ब रुपैयाँले बढेको छ । कुलमानले व्यवस्थापकीय सुधार गरेपछि एक वर्षमै आम्दानी १५ अर्ब रुपैयाँ बढाएर ५० अर्ब २२ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै व्यवस्थापकीय प्रद्धतीमा ब्यापक सुधार गर्दै प्राधिकरणले आम्दानी मात्र बढाएको छैन मुनाफा समेत कमाएको छ ।

प्राधिकरणले गत आर्थिक बर्षमा यो आम्दानी गरेको हो । प्राधिकरणको ३२ औं बार्षिक उत्सवको अवसरमा बिहीबार कार्यकारी निर्देशक घिसिङले प्रतिवेदन पेश गर्दै अघिल्लो आवको तुलनामा आम्दानी १५ अर्ब रुपैयाँले बढेको बताए । उनका अनुसार प्राधिकरणले गत आव ०७३÷०७४ मा २ अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा समेत आर्जन गरेको छ । अघिल्लो आवमा प्राधिकरण ३ अर्ब ६ करोड रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको थियो ।

प्राधिकरणले १५ बर्षपछि सञ्चालन नाफा कमाएको हो । विद्युत चुहावट नियन्त्रण व्यवस्थापनका कारण सञ्चालन नाफा भएको जनाइएको छ । यस्तै, प्राधिकरणको खुद नोक्सानी घटेर ९७ करोड ८९ लाख रुपैयाँमा आएको छ । अघिल्लो आवमा यस्तो नोक्सानी ८ अर्ब ८९ करोड रुपैयाँ रहेको जनाइएको छ

No comments:

Post a Comment