धुर्मुस सुन्तली फाउण्डेशनद्वारा बाढीपीडित १ हजार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण - KTV Khabar

Breaking

धुर्मुस सुन्तली फाउण्डेशनद्वारा बाढीपीडित १ हजार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

;

सप्तरी। धुर्मुस सुन्तली फाउन्डेसनले बाढी पिडित १ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

 


निरन्तरको बर्षाका कारण बाढीले पिडित बनेका तराई बासीहरुलाई राहत बितरण गर्न र पिडितहरुको उद्धारका लागि तराई झरेका नेपालका चर्चित हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल‘धुर्मुस’ को पहलमा धुर्मुस सुन्तली फाउण्डेशनको टोलिले आज सप्तरीका बिभिन्न छ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको हो । फाउण्डेशनले बाढीले शैक्षिक सामाग्री, बिद्यालयका पोशाक समेत बगाएर पिडित बनेका १ हजार बालबालिकाहरुका लागि उक्त सामाग्री बितरण गरेको हो ।


‘बालबालिका भविष्यका कर्णधार हुन्’ भावुक मुद्रामा धुर्मुसले भने ‘उनिहरुलाई हेरबिचार गर्न, सुरक्षित राख्न र शिक्षा दिक्षामा सबैले ध्यान दिन जरुरी छ त्यसैले हामीले बिद्यालयमा शैक्षिक बातावरण तयार होस भन्नका लागि यसखाले शैक्षिक सामाग्री बितरण गरेका हौं ।’
धुर्मुस सुन्तली फाउण्डेशनले सप्तरीमा रहेका विभिन्न ६ वटा सरकारी बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेको हो । फाउण्डेशनले बितरण गरेको उक्त सामाग्रीमा झोला, १ दर्जन कापी, १ दर्जन सिसा कलम, १ दर्जन पेन, टिफिन बक्सा, ज्योमेट्रि बक्स, पानि पिउने बोतल सहितको प्याकेज समावेश छन् ।


यसअघि पनि फाउण्डेशनले बाढीले डुवानमा परेर घरबार बिहिन हुन पुगेका तराईका बासिन्दाहरुका लागि बिभिन्न राहतका प्याकेज बितरण गरेको थियो । अहिलेसम्म फाउण्डेशनले तराईका २३ स्थानमा राहत बितरण गरिसकेको छ । फाउण्डेशनले बर्दिवास, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सुनसरी, मोरङ्, झापा, सर्लाही, रौतहट, बारा लगायतका स्थानमा खाध्यान्न, लत्ताकपडा तथा औषधी बितरण गरेको हो । धुर्मुसले आफै खटेर १२ जिल्लाका २३ ठाउँमा झण्डै ४५ लाख बरावरको राहत सामाग्री बितरण गरिसकिएको जानकारी दिएका छन् ।


धुर्मुसले अब आफ्नो अभियान राहतका संगसंगैं स्वास्थ्य, शिक्षा, सरसफाई र पुर्नवासमा सहयोगी बन्ने रहेको बताएका छन् । बाढीका कारण धेरै स्थानका खानेपानीका पाईपहरु फुटेको, पिडितहरुले दुषित पानी पिउनुपर्ने अवस्था रहेको र जसका कारण झाडापखाला, रुघाखोकी जस्ता भाईरल रोग लाग्न सक्ने, सर्प र लामखुट्टेको टोकाई त्यहाँका बासीन्दाहरुको मुख्य समस्या भएको भन्दै अब उनिहरुको लागी अभियान चलाउने धुर्मुसको भनाई छ ।

 

फाउण्डेशनले बाढी पिडितहरुको लागि आएका आर्थिक तथा जिन्सी सामाग्रीहरुको विवरण निरन्तर फाउण्डेशनको फेसबुक पेजमा सार्बजनिक गरिरहेको छ । डीसी नेपाली

No comments:

Post a Comment