भरतपुर अपडेट: ९९ मतले रेणु दाहाल अगाडि - KTV Khabar

Breaking

भरतपुर अपडेट: ९९ मतले रेणु दाहाल अगाडि

;

भरतपुर, २१ साउन । भरतपुर महानगरपालिका वडा नम्बर २० को जारी मतगणनामा माओवादी-काँग्रेस गठबन्धनकी रेणु दाहालले ९९ मतले अग्रता लिएकी छिन् ।

२४ सय मत गणना हुँदा रेणुले नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई ९९ मतले पछाडि पारेकी छिन् ।

रेणुले ४२७४४ र देवीले ४२६४५ मत प्राप्त गरेका छन् ।

भरतपुर २० नम्बर वडामा ३३ सय २ मत खसेको थियो । आज मध्यरातिसम्म अन्तिम मतपरिणाम आउने भएको छ ।

No comments:

Post a Comment