र यो भिडियो हेरेर जो कोहीको आखाँमा आँसु आउन सक्छ !देशको कुभलो चिताउनेको कहिल्यै जय नहोस्- प्रेम बानियाँ (हेर्नुहोस भिडियो सहित) - KTV Khabar

Breaking

र यो भिडियो हेरेर जो कोहीको आखाँमा आँसु आउन सक्छ !देशको कुभलो चिताउनेको कहिल्यै जय नहोस्- प्रेम बानियाँ (हेर्नुहोस भिडियो सहित)

;

यो नासिएको देशको धूलोबाट हाम्रो देश र जाति झन् उच्च श्रेणीमा पुगोस् भन्ने आशा राख्तछु । बेफाइदाबाट फाइदाको जन्म होस् भनी प्रार्थना गर्दछु ।’ब्रह्मशमशेर जबराकृत पुस्तक ‘नेपालको महाभूकम्प १९९०’ को भूमिकाबाट साभार यो पंक्तिले विपत्देखि युग परिवर्तनसम्म संकेत गर्दछ । र, १९९० सालको भूकम्प एक युग परिवर्तनको द्योतक बनेको पुस्तक बोल्दछ ।

त्यसबेला भूकम्पले शासक र शासितबीचको सम्बन्ध निकै प्रगाढ बनाइदिएको अनि शासक र शासितहरू मिलेरै तिनको ‘गच्छे’ ले भ्याएसम्मको अर्को युग प्रारम्भ र निर्माण गरेको देखिन्छ । अहिले फेरि ८२ वर्षपछि २०७२ वैशाख १२ को भूकम्पले त्यस युगको विध्वंस गरिदियो । भूकम्पले राणाकालीन युगमा निर्माण गरिएका प्रशासनिक केन्द्रहरूदेखि निजी र सार्वजनिक अरू धेरै संरचनाहरू निमेषभरमा ढालिदियो । अब नयाँ युग प्रारम्भ र निर्माणको सबाल छ । भूकम्पको सामना गर्ने हो भने पनि ठीक यतिबेला पीडित नेपालीले भोगिरहेका पीडा दूर गर्न सकिने आधार खडा छ ।

व्यावहारिक आधारहरू प्रशस्त बाँसको उत्पादन हुने तराईबाट भूकम्प प्रभावित सबै जिल्लाका लागि पुग्ने बाँस ल्याएर अस्थायी घर निर्माण गर्न सम्भव भइकन यसपालि हामीले किन त्यसो गरिरहेका छैनौं ? जो ९० सालमा गरिएको थियो । अझ ९० सालको भन्दा बढी सम्भावना छ यतिबेला । सरकारले विदेश गएकालाई त परै जाओस् स्वदेशमै रहेकालाई पनि सार्वजनिक स्वयम्सेवाका लागि आह्वानसमेत गरेन । युवा परिचालन कार्यविधि पारित भएको जनाउ गरी विज्ञप्ति निकालेका भरमा परिवर्तन सम्भव छैन । यस्तो बेला राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान नै चलाएर युवालाई सशक्त परिचालन गर्न सकिन्थ्यो र राष्ट्रिय आह्वान गर्न सकिन्थ्यो । युवाहरूलाई एकत्रित गरी परिवर्तनको रेखा कोर्न सकिन्थ्यो स्वदेशमै ।

यसका अलावा विदेशमा रहेका युवाहरूलाई पनि एकसाथ स्वेदश फर्काएर आफ्नै देशमा घर बनाउनका लागि आह्वान गर्न सकिन्थ्यो र पुनर्निर्माणमा लगाउन सकिन्थ्यो । वैशाख १२ गतेकै दिन सरदर १ हजार ५ सय युवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छाडेकामा यो क्रम केही अंकले पनि कम भएको छैन । १२ वैशाखपछि पनि नेपालका युवाहरू उही क्रममा भत्केको देश के भनौं घर छाडेर परदेशतिर श्रमका लागि उडी नै रहेका छन् । यस्तो बेला श्रमको खास मूल्य तोकिदिएर हरेक दिन देश छाडिरहेका सारा युवाहरूलाई रोक्न सक्ने वातावरण हुँदाहुँदै पनि सरकारले यस्तो केही गरेन ।

जनताका साथी जनता मात्रै भूकम्पलगत्तै प्रभावित प्राय: जिल्लामा पुग्दा देखिएको यथार्थ के हो भने, यदि स्वदेश, विदेशमा रहेका नेपालीजनले तत्कालै भूकम्प प्रभावितका लागि आपतकालीन राहत सामग्री नपुर्‍याएका भए यो समयसम्म प्रभावित अरू हजारौं हजारको मृत्यु भइसकेको हुनेथियो । खासगरी देशको मध्यमवर्गले यसपटक देखाएको सहायताभाव नै आज जनभाव भएको छ । सरकारले बाँडेको दाल, चामल वा खाद्यान्नको हिसाबै गरेर देखाए पनि त्यो लाजलाग्दो अंकमा छ । भूकम्पपछि आज यो देशका अति प्रभावित क्षेत्रमा जो जति जीवित छन् तिनको प्राणमा स्वदेश, विदेशका नेपालीकै अन्न परेको छ, सरकारको मद्धत होइन ।

यसपटकको विपत्को व्यवस्थापन यतिसम्म हदबाहिर गयो कि को–को आएर कुन–कुन स्थानमा के–के गरे भन्ने जानकारी सरकारलाई छैन । संसारका कुनाकुनाबाट अनेकन प्रकारका स्वार्थ भिरेर आएका विदेशीहरू गाउँगाउँमा राहत वितरण गरिरहेका देखिन्थे । राहत वितरणमा सरकारको अनुगमन नभएबाट वा सरकार मौन र निरीह भएका कारण कतिपय विदेशीहरूको नियत पनि सही देखिएन । भूकम्पले ढालेका धरहरा, धरोहरहरू, भवन र घरहरूको धूलोबाट अब निस्किनु छ नयाँ पुस्ताको नयाँ शक्ति । तर, यही मौकामा संविधान सार्वजनिक गर्ने लहड र विपत् सामनाको असफलताबाट भाग्ने कोसिसलाई छुट नदिएर नयाँ शक्तिको हस्तक्षेप जरुरी छ ।

वैशाख १२ गते भूकम्प गएपछि सारा सखाप भए जसरी विश्व समुदायसामु अति प्रचार गरियो । यसैका कारण नेपाल आउँदै गरेका हजारौं पर्यटकहरू बीच बाटोबाटै फर्किए, आउने योजना बनाएकाहरूले रद्ध गरे र विपत्माथि झन् ठूलो असर पार्ने प्रकारको काम भयो, यसपालि । तर, खासमा नेपाल त्यति धेरै क्षतिग्रस्त छैन जति प्रचार गरिएको छ । नेपालका ७५ जिल्लामध्ये १४ वटा जिल्ला भूकम्पका कारण अलि बढी प्रभावित भएका हुन्, ६१ जिल्लामा भूकम्पको खास असर छैन । नेपालमा रहेका पर्यटकीय आकर्षणका १० वटा राष्ट्रिय निकुञ्जमध्ये दुइटा निकुञ्जमा मात्रै भूकम्पको असर परेको हो । सर्वाधिक आकर्षणका अरू सबै निकुञ्जहरूमा आनन्दले भ्रमण गर्न सकिने अवस्था छ । भूकम्पका कारण नेपालको कुनै एउटा पनि राजमार्ग ठप्प भएको छैन ।

विश्व सम्पदा सूचीमा सूचीकृत ८ क्षेत्रमध्ये दुई वटालाई मात्रै भूकम्पले असर गरेको हो । भूकम्पलगत्तै देशका ९० प्रतिशत ठूला होटलहरू पूर्ववत् सञ्चालित छन् । नेपालको प्रमुख पर्यटकीय केन्द्र पोखरा, लुम्बिनी, बर्दिया, सौराहालगायतका स्थानमा होटलहरू निर्बाध सञ्चालित छन् । नेपालका ३५ वटा ट्रेकिङ रुटमध्ये दुई वटालाई मात्रै भूकम्पले असर गरेको हो, अरू सबै पूर्ववत् छ । नेपालको अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा भूकम्पका कारण कुनै असर परेको छैन, सबैतिर नियमित उडान भइरहेको छ । नेपालमा नियमित इन्टरनेट, टेलिफोन, एटीएम सबै चलेकै छ । भूकम्पपछि कुनै सरुवा रोगले महामारीको रूप लिएको पनि छैन । त्यसैले यहाँ घुम्न आउने पर्यटकका लागि कुनै पनि प्रकारको सामान्य अप्ठ्यारो र अवरोध छैन । र, भूकम्पपछिको नेपाल सुरक्षित छ । नेपाल आउने कसैका लागि पनि यहाँ कुनै जटिलता छैन बरु मानवीय भाव बोकेकाहरूका लागि मद्धतको अवसर छ ।

No comments:

Post a Comment