;
काठमाडौं, ५ भदौ । दोलखालाई केन्द्रविन्दू बनाएर नेपालमा आज पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।
२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प आइरहेका बेला सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्पकै पराकम्प भएको उनको भनाई छ ।
दोलखामा गएको भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौंमा समेत महशुस गरिएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएका छन् ।
No comments:
Post a Comment