अमेरिकामा अञ्जु पन्तको धमाकेदार प्रस्तुति - KTV Khabar

Breaking

अमेरिकामा अञ्जु पन्तको धमाकेदार प्रस्तुति

;

विजय थापा

अमेरिका । गायिका अन्जु पन्तले अमेरिकामा नेपालीहरू माझ आफ्ना गीतहरू प्रस्तुत गरेकी छिन् ।

कार्यक्रमभरि उनले आफ्ना गीतहरू गाएकी हुन् । गायिका पन्तले गाउँदा कार्यक्रममा सहभागी नेपालीहरू नाचेका थिए । कार्यक्रममा दर्शकहरूले भरपुर मनोरञ्जन लिएका थिए ।

पन्तले आफ्ना चर्चित गीतका साथै अन्तिममा माइतिघर चलचित्रको ‘प्राणभन्दा प्यारो’ बोलको गीत पनि गाएकी थिइन् ।

लामो समयदेखि कला क्षेत्रमा योगदान गरेको भन्दै उच्च कदर स्वरुप पन्तलाई सम्मान गरिएको थियो ।

गायिका पन्तलाई भर्जिनियाका निर्वाचन क्षेत्र ८७ का सभासद् जोन बेलले सम्मान पत्र प्रदान गरेका हुन् ।

आफूले खोलेको संस्थाका बारेमा जानकारी दिदै गायिका पन्तले उक्त संस्थाले बालबालिका तथा महिलाहरूका लागि काम गर्ने बताइन् ।

अन्तरर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा भएको पहिलो प्रस्तुतिका लागि पहिलो कलाकार स्वरुप गायिका पन्तलाई रोजिएको थियो ।

गत अगस्त १३ तारिख आइतबार हुने कार्यक्रममा डिसी क्षेत्र वरपरका सभासद, प्रतिनिधि तथा सिनेटहरू पनि गायिका पन्तलाई प्रोत्साहन दिन आएका थिए ।

ईनासका उपाध्यक्ष तथा वरिष्ट गायक मधु क्षेत्रीले आफ्नो सदाबाहर गीत ‘हुरीले उडाउन सकेन’ बोलको गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा लक्ष्मण पौडेल तथा कल्पना देवकोटाले दोहोरी गीत गएका थिए ।

No comments:

Post a Comment