परदेशमा बसेर गाउँका लागि एम्बुलेन्स किन्दै गुल्मीका युवा - KTV Khabar

Breaking

परदेशमा बसेर गाउँका लागि एम्बुलेन्स किन्दै गुल्मीका युवा

;

 

युएई, ३१ साउन– देश छोडेर विदेशिनुको पीडा त आफ्नो ठाउँमा छँदै छ । घरखर्चको जोहो गर्न र आफ्ना घरपरिवार बालबच्चाका लागि शिक्षा दीक्षा तथा लालनपालन गर्नु मुख्य उद्देश्य हुन्छ विदेशिने युवाको ।
तर गुल्मीको रुरु गाउँपालिकाका युवाहरु भने आफ्नो ब्यक्तिगत उद्देश्य मात्र नभइ गाउँ ठाउँको सामूहिक उद्देश्यका लागि पनि जुटेका छन्, परदेशमा ।


विदेशमा दुःखले कमाएको रकमबाट केही सामाजिक सेवाका लागि छ्ट्टाएर गाउँपालिका मातहत एउटा एम्बुलेन्स सञ्चालन गर्ने अठोट सहित उनीहरुले अभियान सुरु गरेका छन् ।
दुवईमा कार्यरत सूर्यप्रसाद ज्ञवाली लगायतका युवाहरुले गाउँपालिकाका लागि एम्बुलेन्स किन्नका लागि शुरु गरेको आर्थिक सहयोग अभियानमा सहयोग जुटने क्रम जारी छ ।
अहिलेसम्म विभिन्न देशमा कार्यरत तथा नेपालमै रहेका रुरु गाउँपालिकाबासीले गरेको प्रतिबद्धता अनुसार ३ लाख ४० हजार ८ सय ७२ रुपैयाँ जम्मा भएको अभियानका संयोजक मध्येका एक ज्ञवालीले जानकारी दिए ।
अभियानको कार्यकारी समितिमा समयोजकद्वय सुर्यप्रसाद ज्ञवाली बाबुराम गोतामे सुनवार छन् । अभियान सदस्यमा इश्वरी ज्ञवाली, केशव ज्ञवली, कमल गौतम, निरञ्जन ख्का,लष्मी ज्ञवाली र पदम श्रेष्ठ रहेका छन् ।
राजनीतिक उद्देश्य प्राप्ति वा नाफा कमाउनका लागि नभइ विसुद्ध समाजसेवाका दृष्टिले चलाइएको र एम्बुलेन्सको सेवा आर्थिक अवस्था अनुसार सके सम्म कम शुल्कमा उपलब्ध गराउने उनीहरुले जनाएका छन् । अभियानमा नेपालमा वा नेपाल बाहिर रहेकाहरुले सहयोग गर्न सक्नेछन् ।
अभियानबारे बुझ्नका लागि नेपालमा सम्पर्क ब्यक्ति पदम श्रेष्ठ (९८४७५०३९००)लाई तोकिएको छ । उनलाई फोन नम्बर मा सम्पर्क गरि यो अभियानमा सहयोग गर्न अभियान संचालकहरुले जनाएका छन् ।

(लोकान्तरबाट)

No comments:

Post a Comment