अचानक कसरी ठुली भइन हंसिका मोतवानी ? १६ बर्षकै उमेरमा १८ साल जेठो अभिनेतासँग गरेकी थिइन् रोमान्स - KTV Khabar

Breaking

अचानक कसरी ठुली भइन हंसिका मोतवानी ? १६ बर्षकै उमेरमा १८ साल जेठो अभिनेतासँग गरेकी थिइन् रोमान्स

;

 

एजेन्सी । बलिउडको क्युट र सेक्सी अभिनेत्री मध्य एक हंसिका मोतवानी आज २६ औ जन्मदिन मनाइरहेकी छिन । हंसिका बलिउड मा मात्र होइन दक्षिण भारतमा पनि चर्चित नाम हो । उनले आफ्नो करियरको सुरुवात कलाकारको रुपमा सन् २००३ मा टिभी सिरियल ‘शाका लाका बुम’ बाट गरेकी थिइन ।
हंसिकाको जन्म सन् १९९१ मा व्यापारी प्रदिप मोतवानीको घरमा भएको थियो। हंसिकाको परिवार बुद्ध धर्मलाई अनुसरण गर्छन । हंसिकाको पढाई मुम्बईको पोदार इन्टरनेसनल स्कुलबाट पुरा भएको थियो । धेरै टिभी सो गरेपश्चात सन् २००३ मा हंसिकाले ऋतिक रोशनको फिल्म ‘कोई मिल गया’ मा काम गरिन ।


यो फिल्ममा हंसिका बाल कलाकारको रुपमा देखिएकी थिइन्।यसपछि सन् २००७ मा हंसिकाले हिमेश रेशमियाको फिल्म ‘आपका सुरुर’ मा मुख्य भूमिकामा काम गरिन । यसै बर्ष उनले दक्षिण भारतीय फिल्म ‘देशमुदुरु’मा काम गरिन । यस फिल्को लागि उनलाई फिल्मफेयर उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि मिलेको थियो ।


जब हंसिका १३ बर्षकी थिइन् उनले ‘पुरी जगन्नाध’ मा मुख्य भूमिका निभाएकी थिइन्। ‘देसमुदुरु’ पछि हंसिकाको फ्यान फलोइंग धेरै बढेको थियो। उनले एक पछी अर्को गर्दै धेरै हिट फिल्म दिदै गइन ।
खबरअनुसार हंसिकाको आमा एक छाला विशेषज्ञ हुन्। हंसिकालाई अचानक ठुलो देखिनुमा प्रमुख कारण उनले हार्मोनल इन्जेक्सन लिनु नै हो। छिट्टो ठुलो बन्नको लागि हंसिकाले यसप्रकारको इन्जेक्सन लिएको समाचार धेरै पटक मिडियामा आएको थियो । यद्यपि यसबारेमा हंसिकाले कुनै बयान दिएकी थिइनन । पिएनपीखबर

No comments:

Post a Comment