;
साउन २५, काठमाडौं । आज सुनको भाउ तोलामै ३०० रुपैँयाले बढेको छ । त्यस्तै हिजो स्थिर रहेको चाँदीको भाउ आज तोलामा १० रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७३५ रुपैँयामा कारोबार भइरहेको छ ।
हिजो सुन तोलाको ५४ हजार १०० रुपैँयामा कारोबार भएको थियो भने चाँदी प्रतितोला ७२५ रुपैँयामा कारोबार भएको थियो ।

No comments:
Post a Comment